आफ्नो जुवाडे वडा अधक्ष छुटाउन माओबादी ले दिन थाल्यो प्रहरी लाई दबाब ! खुल्यो यस्तो रहश्य

http://kantipurplus.com/wp-content/uploads/2017/10/
एकजना जनप्रतिनिधि ,जो बसेका थिए जुवाको खाल मा त्यो पनि आफ्नो हो र ? नागरिक लाई दिनु पर्ने पैसाको बिटो लिएर ! अन्तत : पक्राउ परे र खुल्यो यस्ता यस्ता रहस्य , हेर्नुहोस पूरा खबर
चौतारा, ३१ असोज – राज्यले नागरिकलाई दिने सामाजिक सुरक्षा भत्ताको रकम लिएर जुवाको खालमा बसेका एकजना जनप्रतिनिधिलाई प्रहरीले रंगेहात पक्राउ गरेको छ । बलेफी गाउँपालिका– ६ (साबिक माम्खा गाविस) का वडाध्यक्ष चित्रवहादुर तामाङलाई प्रहरीले अँधेरीस्थित एक जुवाखालबाट सोमवार राति पक्राउ गरेको हो ।

विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय चौताराबाट गएको टोलीले अरनिको राजमार्गको अँधेरीस्थित सिन्धु क्याफेमा जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी उपरीक्षक मोहन पोखरेलले बताए ।

माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष तामाङले प्रहरी फन्दामा परेपछि आफ्नो नाम ढाँटेर विजय तामाङ बताएका थिए । तर, सोधपुछ गर्ने क्रममा उनी बलेफी–६ का वडाध्यक्ष रहेको पुष्टि भएको प्रहरीले जनाएको छ ।

प्रहरीले बृद्ध र बिधवाभत्तालगायत सामाजिक सुरक्षा भत्ताको रकम लिएर उनी जुवाखालमा बसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ । उनीसहित पक्राउ परेका १६ जनामाथि जुवा ऐन अनुसार कारबाही हुने प्रहरीले जनाएको छ । जुवाखालबाट एक लाख १८ हजार रुपैयाँ बरामद भएको छ ।

माओवादी केन्द्रका जिल्लास्तरीय प्रभावशाली नेता मानिने तामाङको पक्राउपछि पार्टीले पनि छानविन थालेको छ । त्यस्तै उनलाई छुटाउन ठुलै नेताको दबाब आएको प्रहरी स्रोतले जनाएको छ ।

यसरि जुवाको खालमा जनताको पैसा लिएर जुवा खेल्न बस्ने वडा अधक्ष नै पार्टीका  विश्वासिला पात्र हुनु तथा अहिले प्रहरी लाई जुवाडे छुटाउन व्यापक दबाब दिनुलाई के भन्नुहुन्छ ? आफ्नो बिचार राख्नुहोस तथा सक्दो शेयर गर्नुहोस 

Post a Comment

0 Comments