काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको जीत निश्चित भएपछि सरकार चुनावबाट भाग्न खोजेको आरोप लगाउँदै चुनावबाट नभाग्न सरकारलाई चेतावनी दिएका छन्।
पार्टीको प्रवासी संगठन प्रवासी नेपाली मञ्चका पदाधिकारीहरुसँग बुधबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले एमालेलाई कसैले पराजित गर्न नसक्ने दाबी समेत गरे। ‘एमालेले जनताको मतबाट अब सरकार बनाउनेछ,’ उनले भने, ‘एमालेले चुनाव जित्ने देखेर कांग्रेस आतङ्कित भएको छ’
त्यस्तै पूर्व प्रधानमन्त्री एवम् एमाले नेता माधवकुमार नेपालले वाम गठबन्धनदेखि आत्तिएर प्रजातान्त्रिकहरुले पनि गठबन्धन बनाउँदै हिँडेको बताए। कसैलाई हुत्याउन र पछार्नका लागि बनेको एकता नबनेको भन्दै मुलुकमा राजनीतिक स्थितरता कायम गर्न वाम एकता गरेको बताए ।
