यसरि गर्जिए ओली ! भनेको सुनेर काँग्रेस र नयाँ शक्ति ले कान नै थुन्नु पर्ने भयो

http://kantipurplus.com/wp-content/uploads/2017/09/
काठमाण्डु, ३१ असोज – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा प्रतिक्रियावादीहरुलाई धोबीपाठ पढाउने बताएका छन् ।

युवा संघद्वारा एमाले मुख्यालयमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले संसद समाप्त भएपछि एमाले पहिलो पार्टी बनेको दाबी पनि दोहोर्‍याए ।

‘अहिले नेपालका प्रतिक्रियावादीहरु एक हौँ भनेर नारा लगाउन थालेका छन्,’ ओलीले भने, ‘एक भइहाले हुन्छ, कति एक–एकसंग किचकिच गरिरहने ! एमालेले तिनीहरुलाइ चुनावमा धोबीपाठ पढाउनेवाला छ ।’

‘संसद हुँदासम्म एमाले दोस्रो पार्टी थियो । अब तुलनै गर्न नसक्ने गरी पहिलो पार्टी भएको छ,’ ओलीले भने, ‘स्थानीय तहमा एमालेका तर्फबाट १४ हजार कार्यकर्ता निर्वाचित भएर काम गरिरहेका छन् । काङ्ग्रेसका ११ हजार मात्र छन्, काङ्ग्रेसको भन्दा १ लाख बढी मत एमालेले ल्याएको छ ।’

ओलीले एमाले मधेसमासमेत दोस्रो भएको बताए । ‘अब एमाले मधेसविरोधी हो भन्ने भ्रम तोडियो। मधेसको परिणामलाई लिएर एमाले सन्तुष्ट छैन तर हाम्रो के के न सर्वनाश भएको होइन, हामी मधेसमा दोस्रो भएका हौं ।’

वाम गठबन्धनमा सामेल भएर पुनः बाहिरिएका नयाँ शक्तिका नेता बाबुराम भट्टराईप्रति इंगित गर्दै ओलीले कांग्रेस र एमालेमा फरक देख्न नसकेकोले नयाँशक्तिसँग एकता हुन नसकेको बताए ।

‘दुई चार जना मान्छे ल्याएपछि बराबर भइयो भन्ने लाग्यो नयाँ शक्तिका साथीहरुलाई,’ ओलीले भने, ‘उहाँहरु यता पनि वार्ता उता पनि वार्ता गर्न लाग्नुभयो । काङ्ग्रेससँग पनि वार्ता र एमालेसँग पनि वार्ता। दुईवटा पार्टीमा भेद देख्न सक्नुहुन्न भने कसरी एकता हुन सक्छ ?’

आगामी प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा पार्टीले उठाउने उम्मेदवारको विषयमा किचलो नगर्न कार्यकर्तालाई ओलीले आग्रह गरे । ‘पार्टी विवेकशील छ, कसलाई उठाउने कसलाई नउठाउने विचार पुर्‍याउँछ । तपाईंहरुले यसलाई उठाउने, त्यसलाई नउठाउने भनेर दबाब दिन मिल्दैन। पार्टीले सही निर्णय लिन्छ, ज्ञापन पत्र दिने, दबाब दिने गर्न पाइन्न ।’

एनआरएनए उम्मेदवारबाट ६ करोड रुपैँया लिएको भन्ने प्रचारको खण्डन गर्दै ओलीले एमालेविरुद्ध घटिया पत्रकारिता गर्न थालिएको आरोप लगाए । ‘एमालेविरुद्ध पितपत्रकारिता भन्दा पनि घटिया पत्रकारिता गर्न थालिएको छ ।

Post a Comment

0 Comments