– राजपा नेताले प्रतिनिधिसभाको निर्वाचन सार्नुपर्ने, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरेर चारवटा मतपत्र हुनुपर्ने माग गर्दै रिट दायर गरेका थिए । अाजको नयाँ पत्रिकामा खबर छ-सर्वोच्चका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा सो रिटको सुनुवाइ भएको थियो ।
– नेता शुक्लले दायर गरेको रिटमा एउटै मतपत्रमा मतदाताले सभा सदस्यहरूलाई सदस्यको छवि र नियतको पहिचान गर्न जटिल समस्या सामना गर्नुपर्ने उल्लेख छ । एउटै मतपत्रमार्फत प्रदेश र प्रतिनिधिसभा सदस्य चुन्न जटिलता उत्पन्न भएको जिकिर गरिएको छ । संवैधानिक प्रावधान, कानुनी विषय, अन्तर्राष्ट्रिय प्रावधानसमेतका आधारमा एकैपटक एउटै मतपत्रमार्फत निर्वाचन गर्ने गरी भएको आयोगको निर्णय बदर हुनुपर्ने रिटमा उल्लेख छ । रिटमा नेपालको संविधानको धारा १३३ (२) र (३) बमोजिम उत्प्रेषणको आदेशले बदर गरी चारवटा मतपत्रमा मतदाताले मतदान गर्नुपर्ने माग गरिएको छ ।
– शुक्लले दायर गरेको रिटको २३ असोजमा प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासमा तोकिए पनि हेर्न नभ्याउने सूचीमा राखिएको थियो । त्यसलगत्तै २४ असोजमा न्यायाधीश ओमप्रकाश मिश्रको इजलासले कारण देखाऊ आदेश जारी गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् र निर्वाचन आयोगलाई बोलाएको थियो । छलफलमा आयोगका पदाधीकारीसँग न्यायाधीशद्वयले एक घन्टा छलफल गरेका थिए । आयोगका पदाधिकारीको छलफलपछि के आदेश गर्ने भन्ने विषयमा वरिष्ठतम् न्यायाधीश दीपकराज जोशी र पुरुषोत्तम भण्डारीबीच छलफल नसकिएपछि सो रिटको फैसला बुधबारका लागि सारिएको सर्वोच्च स्रोतले जनायो ।

0 Comments