नेपाली कांग्रेस लाई आयो सुझाव ! हिन्दु राष्ट्र र राजसंस्था रोजेमा दुइ तिहाइ पक्का

http://kantipurplus.com/wp-content/uploads/2017/09/
मधेशबादी दलहरुलाई बिदेशी क्रिश्चियन शक्तिहरुले संचालन गरेकोले यिनीहरुलाई तथाकथित दल भने गरेको हुँ भन्ने तर्क राख्दै विश्लेषक अर्जुन ज्ञवालीले मधेशबादीहरुको एकीकरण र यसले नेपालको राजनीतिमा पार्ने प्रभाव बारे राखेको धारणाका मुख्य अंशहरु :

तराईमा संचालित मधेसबादी दलहरु इन्डो-सिआइए गुटले संचालन गरेका हुन् , राजपा र फोरम नेपालको गठबन्धनलाई खराब भित्रको कम खराबको छनौट मान्नु पर्ने हुन्छ ।

अहिले नेपालको राजनीतिको केन्द्रमा नेपाली कांग्रेस आएको छ । अब नेपालमा नेपाली कांग्रेस रहने कि नरहने भन्ने ठुलो बिषय देखा परेको छ । स्थानीय निर्वाचन र कथित बाम एकता पछि पहाड र राजमार्गको छेउछाउ नेपाली कांग्रेसले जित्ने कुनै सम्भावना नै छैन । त्यसकारण कांग्रेसले मधेशबादी दलहरुन्सग एकता गर्दै लोकतान्त्रिक गठबन्धन बनाउने योजनामा पनि धक्का खाएको छ किनकी राजपा र फोरम नेपाल मिलेपछि त्यो सम्भावना तुहिएको हो ।

कांग्रेसका कार्यकर्ताहरु भनेका ज्युदो लाश हुन् र भैरहेको नेपाली कांग्रेस भनेको मरेको कांग्रेस हो अनि यहि कांग्रेस इतिहासको संगिन घडीमा उभिएको छ । स्थानीय तहको गठबन्धनमा एमाले र राप्रपाको नतिजा धेरै फरक छ एमालेका कार्यकर्ताहरुले राप्रपा नेपाललाई भोट हालेन एमालेले ६० हजार भोट पाउदा खेरि राप्रपाले ३१ हजार जति मात्रै पाएको छ ।

तर चितवन जहाँ माओबादीले मारेका ८०० कांग्रेसी कार्यकर्ताहरु थिए अनि दुई हजार भन्दा बढी घाइतेहरु थिए त्यो ठाउका कांग्रेसीहरुले माओबादीलाई मजाले भोट हाले त्यसकारण कांग्रेसका कार्यकर्ताहरु भनेका ज्युदो लाश हुन् र भैरहेको नेपाली कांग्रेस भनेको मरेको कांग्रेस हो ।

कांग्रेसकै संस्थापक गणेशमान सिंह र कृष्ण प्रसाद भट्टराईले नै अब कांग्रेस काम लाग्दैन भनेका हुन् । गणतन्त्र , धर्म निरिपेक्ष , र संघियतामा जाने भनेर निर्णय गरे पछि कांग्रेसको नीति नै मरिसकेको छ ।

एमाले र माओबादीको गठबन्धनको संरचना पनि पश्चिमा नै छ अनि मधेशबादीको पनि पश्चिमा संरचना नै हो । राष्ट्र हितको लागि कांग्रेसको अन्त्य गर्नको बाम गठबन्धन र मधेशबादहरु को एकता सहि छ तर यो एकता दीर्घकालीन रहिरहे फेरी नेपाललाई नै खतरा छ ।

कमजोर राजासंग बार्गेनिङ गरेर कांग्रेसले जहिले पनि बिदेशी शक्तिलाई नेपालमा खेल्ने मौका दियो । २०१५ सालको सरकार त राजाले चलाउन दिएन तर तर २०४८ र २०५६ सालको सरकार चै किन चलाउन सकेन ? त्यस कारण कांग्रेस सबै भन्दा नालायक पार्टी हो जसले प्रजातन्त्रको आवरणमा अप्रजातान्त्रिक कामहरु मात्रै गरेको देश द्रोही ,राष्ट्रघाती , बिदेशीको दलाल ,धर्म बेचुवा नेपाली कांग्रेसको अन्त्य हुनै पर्छ ।

घोषित निर्वाचन सम्पन्न भएमा नेपाली कांग्रेसको हालत प्रजापरिषद् कै जस्तो हुने देखिन्छ । नेपाली कांग्रेस आफ्नु पुरानो एजेन्डाहरु संबैधानिक राजतन्त्र , हिन्दु राष्ट्रमा नफर्किए नेपालको राजनीतिबाट हराएर जाने छ । तर साथै अर्को खतरा पनि कि कांग्रेसले हारे पछि यो बाम गठबन्धन र मधेशबादीको गठबन्धन पनि देशको लागि खतरा छ त्यसकारण यो गठबन्धनलाई रोक्न र देशलाई बचाउन कांग्रेसले आफ्नु नीतिमा पुनर विचार गर्दै संबैधानिक राजतन्त्र , हिन्दु राष्ट्रमामा फर्कनु कांग्रेस र देशको लागि हितकर छ ।

भीडीयो हेरेपछि आफ्नो बिचार राख्नुहोला तथा यो खबर सक्दो शेयर गर्नुहोला भिडियो हेर्न तल झर्नुहोला

Post a Comment

0 Comments