निर्वाचनको वातावरण बने र तोकिएको समयमा नै निर्वाचन सम्पन्न हुने अवस्था आए आफूहरु सरकारबाट हट्ने जानकारी अध्यक्ष दाहालले प्रधानमन्त्रीलाई गराएको दाहालका प्रेस संयोजक मनोहरि तिमिल्सिनाले जानकारी दिए । सो अवसरमा प्रधानमन्त्रीले निर्वाचनको विषयमा आशंका नगर्न माओवादी केन्द्रका अध्यक्ष दाहाललाई आग्रह गरेका थिए ।
अध्यक्ष ओलीसँग पनि छलफल
माओवादी केन्द्रका अध्यक्ष दाहालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग पनि आजै भेटवार्ता गरेका छन् । सिंहदरबारमा मंगलबार भएको भेटवार्तामा मुलुकको पछिल्लो राजनीतिक अवस्था, वाम गठबन्धन तथा चुनावी घोषणापत्र र उम्मेदवार छनोटलगायत विषयमा कुराकानी भएको थियो ।

0 Comments