-जनकमान डंगोल
नेपालका अधिकांस बुद्धिजिबी र नागरिक समाजसेवी देखि बिभिन्न तह र तप्काका ब्यक्तिहरुको आस्था र केन्द्रबिन्दु भनेको पहिलो नम्बरमा नेपाली कांग्रेस, दोश्रो नम्बरमा एमाले र तेस्रोमा २०५२ साल पछी उदाएको कम्युनिस्ट घटक मध्येको एक पार्टी माओबादी हो ।
अरु दल तथा पार्टीमा पनि बुद्धिजीवीहरु तथा समाजसेवीहरु नभएको चैँ पक्कै पनि हैन तर क्रमांकको हिसाबले भन्नु पर्दा केहि समय देखि यिनै तिन ठुला पार्टीका नेताहरुहरुले नेपालको सत्ता र भत्तामा रजाई गरि रहेका छन ।
‘माल पाएर चाल नपाएको’ भन्ने नेपाली उखान जस्तै भएको छ अहिले देसका यी ठुला तिन पार्टीका नेताहरु । यी तिन ठुला पार्टीका केहि शिर्षस्थ नेताहरुले बुद्धिजिबी तथा समाजसेविको बिचार र भनाइलाइ कहिले पनि आत्मसात गरेको देखिदैन तर चाहेर पनि ति बुद्धिजिबी तथा समाजसेवीहरु खेमा परिवर्तन गर्न सक्दैनन किनभने उनीहरु दलबदलु चरित्रका परेनन ।
कार्टुन साभार: गुगल सर्च
‘मरेपछि ओखती गर्ने’ संस्कार बोकेका ति तिन ठुला पार्टीका नेताहरु कहिले पनि सुध्रिन सक्दैनन् भन्ने कुरा पटकपटक साबित गरेर देखाई सकेका छन । ‘गधालाई नुहाएर गाइ कहिले पनि हुन सक्दैन’ भन्ने यो उखान आज कांग्रेस, एमाले देखि माओबादीका नेताहरुले चरितार्थ गरेर देखाएकाछन ।
सत्ताको लागि जे जस्तोसुकै अलोकप्रिय कामहरु गर्न पछी नहट्ने यस्ता नेताहरुलाइ अझै पनि हाम्रा बुद्धिजिबी देखि समाजसेवीहरु हुँदै अन्य विभिन्न तह र तप्काकाहरुले सुध्रिन्छ्न कि भन्दै आसा गरि बसेका छन । सतप्रतिसत ठोकुवा गरेर भन्न सकिन्छ यी तिन ठुला पार्टीका शिर्ष नेताहरु सुध्रिनु भनेको ‘गोरु ब्याउनु जस्तै’ हो ।
संसारमा कहिँ कतै पनि गोरु ब्याएको देखिएको छैन तर ‘बालुवा पेलेर तेल निकाल्न सकिन्छ कि’ भन्दै नेपालका बुद्धिजिबी देखि समाजसेवीहरुले अझै पनि आस मार्न भने छोडेका छैन ।
बुद्धिजी देखि समाजसेवीहरुको त यस्तो मनस्थिति छ भने सोझा सिधा जनताहरुको स्थिति कस्तो होला त्यसको बयान गर्नु नपर्ला त्यसैले भाखा नाघेको ओखतिले रोग निको हुन्छ भन्ने बिस्वास गर्नु र भाखा नाघेको ओखतीरुपी नेताहरुले देसको बिकास र जनताको भलाई गर्ला भनेर सोच्नु भनेको ‘गोरु ब्याउला र अघाउन्जेली बेगौती खाउँला’ भन्नु जस्तै हो ।
0 Comments