खल्तिमै मोबाइल पड्कियो, एकको मृत्यु, बालिका गम्भीर घाइते

एजेन्सी । भारतको उदयगढको एक गाउँमा खल्तीमा राखेको मोबाइल पड्किदा एक महिलाको मृत्यु भएको छ ।
यस्तै, एक बालिका गम्भीर घाइते भएकी छन् । त्यहाँको रातमालिया गाउँमा आज दिउँसो सो घटना भएको हो ।
ती महिलाले गल्तीमा मोबाइल राखेर घरमै बसेकी थिइन् । तर, अचानक खल्तीमा राखेको मोबाइल पड्कियो । र, तत्काल नै ती महिलाको त्यही मृत्यु भयो ।
http://saharapati.com/wp-content/uploads/2018/11/

भारतीय सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमा त्यहीँकै स्थानीय २७ वर्षीया महिला रहेकी छन् । र, उनकै नजिक बसेकी ढाई बर्षीया बालिका गम्भीर घाइते भएकी छन् ।

मृतक महिलाका श्रीमान मुकमसिंहले खल्तीमा राखेको चाइना कम्पनीको मोबाइल बिस्फोट हुँदा आफ्नी श्रीमतीको मृत्यु भएको बताए । मोबाइल बिस्फोटले मृतक महिलाको पेटलगायत अंगमा चोट लागेको छ ।

Post a Comment

0 Comments