आम्मै नी ! ज्योति मगरमाथि आयोजकले गरे दुर्व्यहार, यस्तो भयो प्रहरी लफडा


काठमाडाैं । नेपाली लोक सगित संगित क्षेत्रमा छाडापना भित्र्याउने आरोप खेपेकी मोडल तथा गायिका ज्योति मगरले आफूमाथि दुर्व्यवहार भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन् ।

नवलपरासीको गैँडाकोटमा प्रस्तुति दिन पुगेकी मगरले आफूमाथि आयोजक मध्यकै एकले अपशब्द बोलेर दुर्व्यवहार गरेको आरोप लगाएकी हुन् । उनले बुधवार सामाजिक सञ्जालमा स्टेटस पनि लेखेकी थिइन्, 'म एकदम डराएकी छु। तर मैले लड्नु छ। र यो सुरु भएको छ ।'
http://saharapati.com/wp-content/uploads/2018/11/

ज्योतिलाई होटल पुर्‍याइदिन आएका आयोजक टिमका एकले होटलको कोठामा पुगेपछि अपशब्द प्रयोग गरेको उजुरी गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले होटेलमा पुगेर एक जनालाई नियन्त्रणमा लिएको थियो ।  बुधबार बिहान ती व्यक्तिसँग बयान गर्दा आफूले मापसे गरेर केही अपशव्द बोलेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी दुर्गा रेग्मीले जानकारी दिए। डिएसपी रेग्मीले भने,' उहाँले उजुरी दिएपछि नियन्त्रणमा लिएका हौं । दुवै पक्ष बीच सहमति भएपछि विवाद मिलेको हो ।'

Post a Comment

0 Comments