ॐ गणेशायः नम लेख्नुहोस् तपाईलाई सधै विजयी प्राप्त हुनेछ, कहिल्यै दुखकष्ट पर्नेछैन, आजको राशिफल

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ। नजिकका साथीभाइसँग असमझदारी बढ्नेछ भने काम बिग्रने डरले सताउन सक्छ। तर बुद्धिको उपयोगले जटिल काम समेत सम्पादन हुनेछ।

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
अवसर प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा समस्या झेल्नुपर्ला। रचनात्मक काममा जुट्ने समय छ। तर, सहयोगीहरूले हात झिक्नुका साथै परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ।

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। वचन पुर्याउन नसक्ता आलोचित बन्नुपर्ला। आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ।

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
अवसर प्राप्त भए पनि बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ। भेटघाट र खानपानमा समय व्यतीत हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ।

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
परिश्रम धेरै गर्नुपरे पनि प्रतिफल कम मात्र प्राप्त हुनेछ। भैपरी आउने खर्चले धन अभाव हुनेछ। समय दिन नसक्दा बन्न लागेको काम रोकिन सक्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ला।

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ।

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
पुराना कामको चर्चा हुनेछ भने प्रयत्न गर्दा उपलब्धिको स्रोत प्राप्त हुनेछ। अवसर प्राप्त भए पनि समय दिन नसक्दा पछि परिनेछ। पहिलेका कमजोरीमा भने सुधार आउनेछ।

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
केही समय लागे पनि विभिन्न काम र जिम्मेवारी हात पार्ने मौका छ। शुभचिन्तकहरूले राम्रो सहयोग जुटाउनेछन्। प्रयत्न गर्दा नयाँ काम थालनी हुनेछ।

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
स्वास्थ्य कमजोर रहनेछ भने न्यून उपलब्धिका लागि अलमल हुनेछ। पहिलेका समस्या दोहोरिनाले नयाँ काम रोकिन सक्छ। समयको तालमेल नमिल्दा योजना पूर्ण नहुन सक्छ।
http://saharapati.com/wp-content/uploads/2018/11/

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा पुग्न समस्या पर्नेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। रमाइलो क्षणमा पनि मन उदास रहनेछ।

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
सहयोगीहरू पछि हट्नाले काममा केही समस्या पर्नेछ। वैधानिक प्रावधानले अप्ठ्यारो पार्नेछ भने अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। व्याहारिक कामले पनि लक्ष्यमा पुग्न समय लाग्नेछ।

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पुर्याउनुहोला। लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ।

Post a Comment

0 Comments