नेमार एमबाप्पे दुवै घाइते, पिएसजी चिन्तामा


पिएसजीका दुई स्टार स्ट्राइकर ब्राजिलिएन नेमार जुनिएर र फ्रान्सेली केलिएन एमबाप्प घाइते भएका छन्। उनीहरु एकै खेलमा भने घाइते भएका होइनन्।

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेमार बुधबार विहान क्यामरुनविरुद्धको खेलमा घाइते भएका हुन् भने एमबाप्पे उरुग्वेविरुद्धको खेलमा घाइते भएका हुन्।
नेमारको खुट्टाको मांशपेशीमा समस्या देखिएाको छ। उनले खेलको छैठौं मिनेटमा गोलको प्रयास गरेका थिए। तर बल प्रहार गरिसकेपछि उनी मैदानमा लडेका थिए।

यस्तै एमबाप्पेको भने काँधमा चोट लागेको छ। गोलका लागि तिव्र गतिमा कुदेका एमबाप्पे र उरुग्वेका गोल रक्षक एकअर्कामा ठोक्किएका थिए। त्यसपछि केहिबेर मैदानमा खेलेपनि उनीपछि परिवर्तन भएका थिए।

दुवै भरपर्दा फरवार्डहरु घाइते भएपछि पिएसजी चिन्तामा परेको छ। पिएसजीले यसै महिनाको २९ तारिख अर्थात अर्को बिहिबार च्याम्पियन्स लिगमा लिभरपुलसँग प्रतिस्पर्धा गर्दैछ।
पहिलो लेगमा पिएसजी लिभरपुलसँग ३–२ ले पराजित भएको थियो। दोस्रो लेग पिएसजीलाई जित्नै पर्ने दबाब छ। तर भरपर्दा फरवार्ड त्यसबेलासम्म निको नभए पिएसजीलाई गहिरो धक्का पुग्ने देखिएको छ।

Post a Comment

0 Comments