रविले संयुक्तरुपमा गायिका टिका प्रसाइँसँग ‘नाई मलाई थाह छैन’ बोलको गीत गाएका थिए । रविको प्रस्तुति विगत अंकभन्दा अझैँ बिहीबार झन् राम्रो थियो ।
रविले यसअघि कार्तिक २४ गते शुक्रबार पनि ‘स्टाइलिस प्रफमर अफ दि डे’ को उपाधि पाएका थिए । उपाधिसँगै उनले ओप्पोको एउटा मोबाइल सेट पाएका छन् ।
रबिलाई भोट दिन मोबाइलको Message Box मा गएर १० टाईप गरी ३१००९ मा पठाउनुपर्ने हुन्छ ।भोटिङ बिहीबार राति ८ः३० बजेबाट खुल्ला हुने छ र शुक्रबार बिहान १२ बजेसम्म गर्न सकिने छ। विदेशमा बस्नेहरुले Rise and respect app डाउनलोड गरी उनको कोडमा गई भोट गर्नुपर्ने हुन्छ ।
0 Comments