एनआइसी एसिया बैंकद्वारा १० प्रतिशत बोनस सेयर प्रस्ताव

३० कात्तिक, काठमाडौं । एनआइसी एसिया बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस सेयर बितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको ३७७औं सञ्चालक समिति बैठकले कर प्रयोजनका लागि ० दशमलब ५२६ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकले प्रस्ताव गरेको लाभांस राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

बैंकले गत आर्थिक बर्ष वार्षिक विन्दूगत आधारमा कर्जा तथा लगानी ४८ अर्बले बढाएर १२० अर्ब तथा निक्षेप ६४ अर्बले बढाएर १५२ अर्ब पुर्याएको थियो ।

०७५/०७६ को पहिलो त्रैमाससम्ममा कर्जा बढाएर १३९ अर्ब तथा कूल निक्षेप १६३ अर्ब पुर्याइसकेको छ । बैंकले असोजसम्म ७५ करोड ५३ लाख नाफा गरेको छ । बैंकको प्रति सेयर आम्दानी ३६.७८ रुपैयाँ छ ।



from Online Khabar https://ift.tt/2PwVifX

Post a Comment

0 Comments