म्यादीकी युवतीले पाइन तिम्ल्याह बच्चा


म्याग्दीको धवलागिरी गाउँपालिका ७ हिलापोखरीका एक युवतीले जन्माएका तिम्ल्याह बच्चाको आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ ।
२२ वर्षीया कमला परियारले शल्यक्रिया मार्फत सोमबार बिहान पोखराको मणिपाल शिक्षण अस्पतालमा दुई छोरा र एक छोरी जन्माएकी थिइन् । कमलाको स्वास्थ्य सामान्य रहेपनि आईसीयुमा राखिएका तीन वटा बच्चाको उपचारका लागि आर्थिक अभावका कारण समस्या भएको कमलाका श्रीमान राजु नेपालीले बताउनुभयो ।
एउटा छोरा साढे तीन किलो, अर्को साढे दुई र पछिल्लो पटक जन्मीएकी छोरीको तौल आठ सय ग्राम छ । राजुका भाई जयन्द्रका अनुसार एक जना बच्चाको उपचारका लागि कम्तीमा ३५ हजार रुपैयाँ आवश्यक परेको छ ।
आठ वर्षको हुँदा बुवालाई गुमाएका राजुकी आमा पनि उनी नौ वर्षको हुँदा उनलाई छाडेर दोस्रो बिवाह गरेर गएकी थिइन् । वडा सदस्य नरकुमारी गुरुङले राजुलाई कक्षा १२ सम्म पढाउनुभएको थियो । तीन वर्षअघि कमलासँग बिवाह गरेपछि आफ्नो घरमा बस्न थालेका राजुको पारिवारीक अवस्था कमजोर रहेको स्थानीय भोलानाथ पौडेलले बताउनुभयो ।
http://saharapati.com/wp-content/uploads/2018/11/
तिम्ल्याह बच्चाको उपचारका लागि टोल सुधार समितिका अध्यक्ष राम्जी मल्लको नेतृत्वमा हिलापोखरीका भोलानाथ पौडेल, तारानाथ पौडेल, तोरण थापा र दिवस फगामी लगायतको टोलीले सोमबार हिलापोखरी, ताकम, शिवाङ र काफलडाँडामा घरदैलो गरेर करिब साठी हजार रुपैयाँ जुटाउनुभएको छ ।

Post a Comment

0 Comments