चिनीको मूल्य ७० मा झर्‍यो’ कसैले बढी भनेमा यहाँ उजुरी गर्नुहोस्

http://saharapati.com/wp-content/uploads/2018/11/

सार्वजनिक लेखा समितिले गठन गरेको लेखराज भट्टको संयोजनमा बनेको उपसमितिले तयार गरेको प्रतिवेदनले चिनीको खुद्रा मूल्य ६३ रुपैयाँ हुनुपर्ने बताएको छ।

 दशैँ तिहार अघि नै बनेको उत्त प्रतिवेदनले चिनीको मूल्य ६३ रुपैयाँ नै कायम गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन समेत दिएको थियो। उत्त सम्बन्धमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले समितिको निर्देशन अनुसार मूल्य कायम गर्न गाह्रो रहेको बताएका थिए।

मंगलबार पुनः सार्वजनिक लेखा समितिको बैठक चिनीको बजार मूल्यबारे केन्द्रित गरेर बोलाइएको थियो। उक्त विषयमा बोल्दै समितिका सभापति भरत साहले लेखा समितिको कारण नै चाडवाडको समयमा चिनिको मूल्य ७० को हाराहारीमा कायम भएको दावी गरे। उनले प्रति केजी एक सय रुपैयाँ नाघ्ने चिनीको मूल्य समितिको छलफलले नै उच्च रुपमा नबढेको दावी गरे।

समितिको मंगलबारको छलफलमा बोल्दै सांसद विरोध खतिवडाले चिनीको मूल्यमा उद्योगीहरुको ठूलो चलखेल रहेको र सोही अनुसार सरकारले निर्णय गर्न पुगेको बताए।

उनले भारत र पाकिस्तानबाट चिनीको आयत गरेर नेपाली उद्योगीहरुले आफ्नो उत्पादन भन्दै गोदाममा थुपारेको दावी गरे। अहिले नेपालमा चिनी आयत बन्द गरिएको छ। यो उद्योगीको चलखेलमा भएको उनको भनाइ थियो। भारत र पाकिस्तानबाट नेपालको मागभन्दा बढी चिनी आएको देखिन्छ। त्यस्तै उद्योगीहरुको उत्पादन पनि बढेको देखिन्छ। सरकारले नेपालको खास उत्पादन कति हो, तयसको तथ्याङ्क संकलन किसानहरुबाट लिनुपर्ने उनको भनाइ थियो।

उद्योगीसँग कति उत्पादन भएको छ भने सोध्दा आफ्नो उत्पादन भन्दा बढी देखाउने, भारत र पाकिस्तानबाट आयत गरेर आफ्नो उत्पादन देखाउने प्रवृति रहेको उनको भनाई छ।

उक्त बैंठकमा बोल्दै मीनेन्द्र रिजालले समितिले चिनी लगायत अन्य समस्याका बारेमा विषय उठान मात्रै गरेर छाड्दा त्यसको प्रभावकारिता नरहेको र अब हरेक विषयमा अध्ययन गरेर कडा निर्देशनसहित उपस्थित हुनपर्ने बताए। चिनीको समस्या सधैँ रहेको र त्यसको समाधान कहिल्यै नभएको उनले बताए।
यता नेपाल चिनी उत्पादन संघका अध्यक्ष शशिकान्त अग्रवालका अनुसार नेपालमा गत सिजनमा १ लाख ७४ हजार मेट्रिक टन चिनी उत्पादन भएको थियो। नेपालका १२ वटा चिनी मिल रहेका छन्।

आयात बढी हुँदा स्वदेशी चिनी बोक्न नसकेको नेपाली उच्पादन बिक्री हुन नसकेको उनको आरोप छ। नेपालमा वार्षिक रुपमा चिनीको माग २ लाख ७५ हजार मेट्रिक टन छ। माग र उत्पादनबीच करिब ७६ हजार मेट्रिक टन अन्तर देखिन्छ। तर गत आर्थिक वर्ष २०७४÷७५ मा २ लाख १० हजार मेट्रिक टन चिनी आयात भएको अग्रवालको भनाइ छ।


उनका अनुसार अघिल्लो वर्ष एक लाख ३९ हजार मेट्रिक टन मात्र चिनी आयात भएको थियो। गत वर्ष अन्तर्राष्ट्रिय रुपमै चिनीको उत्पादन अत्यधिक भएको थियो। ठूलो मात्रामा उत्पादित चिनी बिक्रीका लागि भारत र पाकिस्तान निर्यातमा सहुलियत प्रदान गर्यो। पाकिस्तानले प्रतिकिलो करिब ११ रुपैयाँका दरले प्रत्यक्ष कर छुट घोषणा गरेको थियो। त्यसकारणले पनि आयातित चिनी सस्तो हुन गएको उनको भनाइ छ।

Post a Comment

0 Comments