कम्युनिष्ट शासनमा राष्ट्रपतिलाई विलासी कार, जनतालाई करमाथि करको मार

http://saharapati.com/wp-content/uploads/2018/11/
राजेशचन्द्र राजभण्डारी

कुराजस्ताे कुरा गरे इस्त फाट्छ नाँच जस्तो नाँच नाचे घाघर फाट्छ हाे अहिले देशमा यस्तै यस्तै भएको छ ।नेपाली जनताको छाेरी यतिबेला राष्ट्रपतिकाे कुर्सीमा बिराजमान छन्  । नेपाली जनताको रगत पसिना बगाएर २०६२/६३ काे जन अान्दोलन बाट परिवर्तन गरि बनेको राष्ट्रपति यतिबेला १८ करोडकाे कार चढ्ने प्रकरणमा फसेको छ । साच्चै नेपाली जनताले के काे लागि परिवर्तन गरियाे भनेर यतिबेला पछुतो मानिरहेका छन् ।

देशमा यतिबेला सामन्ती राजतन्त्र छैन गणतन्त्रको घाेषणा पछि राजाले अाफ्नाे राजगद्दी सहजै त्यागेर बिदाइ भएकाे पनि १० बर्ष बितिसक्यो अहिले देशमा नेपाली जनताको छाेरी राष्ट्रपति भै कुर्सीमा बिराजमान छन् । यतिबेला नेपाली जनताले मुलुकमा राजा छन् कि राष्ट्रपति छन् भन्ने भेउ पाउन सकेका छैनन् ।

कमरेड मदन भण्डारीको एउटा भाषणले आज पनि झकझकाई रहन्छ। राजा भनेको हात्ती हुन र जनताले चुनेका राष्ट्रपति बोका हुन किनकी हात्तीलाई पाल्न गारो हुन्छ तर जनताले बनाएका राष्ट्रपति अर्थात बोकालाई पाल्न सजिलो र कम दाना पानी लाग्छ भन्नु भएको थियो तर आज त्यो कुरा ठीक उल्टो भएको छ।

साच्चै यतिबेला मुलुकमा जननेता मदनकुमार भण्डारी ज्युदाे भएको भए कित भण्डारीले गर्ने भाषण फेरिने थियोे कित मुलुक नयाँ गतिमा अगाडि बढ्ने थियो ।यो पनि सबै अड्कल बाजि कै कुरा भए ।हिजो मुलुकमा १० बर्षसम्म जनयुद्ध हुदा नेपाली जनताले अहिले जस्तो अबस्था हुने थियाे भनेर कल्पना समेत गरेका थिएनन् ।मदनकुमार भण्डारीकाे धर्म पत्नी बिद्या देबी भण्डारी अाज राष्ट्रपतिकाे कुर्सीमा पुगेपछि अबश्यपनि मदन कुमार भण्डारीले हिजाे २०४६ काे परिवर्तन पछि गरेको बुलन्द भाषण साच्चै भन्ने हाे भने बिर्सेकाे छन् भन्ने कुरा स्पष्ट भएको छ ।

साच्चै हिजो राजालाई सामन्तवादकाे प्रतिक सेताे हात्ती भनेर जुन अाराेप लगाउने काम गरिएको थियोे त्यो सबै मात्रै राजनीति नारा हुन भनेर अाज नेपाली जनताकाे अगाडि माफी माग्नुपर्छ कित अहिले हुदै गइरहेको नव सामन्तवादी शैलीमा परिवर्तन गर्न जरुरी छ । हाे यतिबेला मदनकुमार भण्डारीले बाेका भनेका राजनीति दलका नेताहरू राजनीति परिवर्तन पछि माेटाएर हात्ती बन्न पुगेका छन् भने हिजोको दिनमा हात्ती भनेर चित्रण गरिएको राजा दुब्लो भएर बाेका बनिसकेका रहेछ भन्ने कुरा घटनाक्रमले पुष्टि भएको छ ।

अहिले मुलुकमा इतिहास कै सबैभन्दा शक्तिशाली बामपंथी सरकार छ स्थानीय तह प्रदेश देखि केन्द्रीय सरकारमा बामपंथी पार्टीको नै बाहुल्यता कायमै छ ।जनताको लागि देशको लागि परिवर्तन गर्छु भन्नेहरू अाजकल बिलासी जीवन बिताउन तल्लीन देखिन्छन् ।

राजा महाराजा भन्दापनि अझ बढी अाफुले सुख सयल माेजमस्ती गर्न मै यतिबेला सबै ध्यान केन्द्रीत गरेको देखिन्छ ।अहिले राष्ट्रपतिले प्रयोग गर्ने बिलासीताकाे गाडी पुरानो भएको भन्दै नयाँ कार खरिद गर्नकाे लागि १८ करोड रूपैयाँ माग गरेपछि जनताको राष्ट्रपतिकाे चर्तीकला छताछुल्ल भएको हाे ।

साच्चै मदन भण्डारीले हिजो भनेका थिए मुलुकमा एकजना राजा फालेपनि अरू सयौं राजा जन्मन सक्छन् त्यसमा सचेत बन्नुपर्ने त्यसको बिराेध गर्नुपर्ने कुरा गर्नुभएको थियो ।अहिले नेपालकाे अबस्था त्यहीँ नव राजाहरू जन्म भएको छ अहिले देशमा जसरी हुन्छ लुट्ने माेजमस्ती गर्ने अाफु अाफ्नाकाे लागि सम्पत्ति कमाउने भन्दा अर्को केही उदेश्य देखिदैन ।

जनताको बहुदलिय जनवादका प्रमुख नेता मदनकुमार भण्डारीका श्रीमती बिद्या देवी भण्डारी अाज जसरी छताछुल्ल रूपमा बिबादास्पद बन्न पुगेका छन् त्यो नेपाली जनताले सपनामा पनि साेचेका थिएनन् ।

हाे राष्ट्रपतिले सुबिधा लिनुपर्छ गाडी पनि चढ्नुपर्छ त्यो सबै कुरा मिलाएर मात्रै अाफु काे हाे अाफ्नाे हैसियत हिजो के थियोे पार्टीको निति के हाे जनताको बहुदलिय जनवाद भनेको के हाे त्यो सबै कुरा भुलेकाे देखियो ।
एकपटक मदन  भण्डारीले हिजो गरेका भाषण सुन्नुपर्या महामहिम राष्ट्रपतिले हैन भने हिजाेकाे सामन्ती राजतन्त्र र अाजकाे नाममात्रको राष्ट्रपतिमा के भिन्नता रह्यो त नेपाली जनताको गम्भीर प्रश्न यहीँ हाे ।

बिदेशी शक्तिशाली राष्ट्रका राष्ट्रपतिहरू मजाले साइकलमा यात्रा गर्छन् तामझाम नगरिकन हिड्ने गर्छन् त्यो कुरालाई पनि एकपटक हेर्न जरुरी छ ।काठमाडौकाे धुलाम्मे सडकमा करोडौंको गाडी चढेर नेपाली जनतामाथि धुलाे उडाउँदै हिड्न कुन न‌ैतिकताले मिल्छ यसको जवाफ दिनुपर्ने बेला अाएकाे छ ।

अहिले राष्ट्रपतिले बिलासी १८ कराेडकाे गाडी चढ्दै गर्दा एकजना नेपाली माथि ६ रूपैयाँ ऋणको भार थपिन पुगेको छ ।जनतालाई ऋणको भारी बाेकाएर जनताको राष्ट्रपतिले किन चढ्नु पर्छ बिलासी कार ?

Post a Comment

0 Comments