यस्ती पनि प्रेमिकाः आफ्नै प्रेमिको हत्या गरेर श्रमिकलाई 'भोज' ?



काठमाडाैं । प्रेमिसँग कस्तो सम्बन्ध होला ? त्यो पनि ७ वर्षदेखि प्रेममा रहँदै आएको जोडीको ? एउटा यस्तो अचम्मको घटना जुन सुन्दा होस उड्ने खालको घटना  संयुक्त अरब इमिरेट्स (युएर्इ) मा भएकाे छ । मोरोक्कोकी एक महिलाले ७ वर्षदेखि प्रेम गर्दै अाएकाे अाफ्नै प्रेमीकाे हत्या गरी उनकाे मासु पकाएर भाेज खुवाएकाे खुलासा भएकाे छ ।

प्रेमीको हत्यापश्चात् ती महिलाले उनको शरीरका भागहरू पकाएर युएर्इमै कार्यरत पाकिस्तानी श्रमिकहरूलाई भाेजका रुपमा खुवाएकाे बताइएकाे छ । महिलाले ३ महिनाअघि नै प्रेमीको हत्या गरेर मासु खुवाएकाे अभियोजनकर्ताहरूले आरोप लगाएका छन् । तर याे कुरा भने हालै मात्र बाहिर अाएकाे छ । महिलाको ‘ब्लेन्डर’मा मानव दाँतका अवशेषहरु भेटिएपछि घटना बाहिर अाएकाे हाे ।

युएर्इकाे सरकारी समाचारपत्र ‘द नेशनल’का अनुसार हत्या गरिएका व्यक्तिसँग ती महिला ७ वर्षदेखि प्रेम सम्बन्धमा थिइन् । तर अाफ्नाे प्रेमीले मोरक्कोकै अर्की महिलासँग विवाह गर्ने तयारी गरेको चाल पाएपछि ‘हत्या’ गरेको प्रहरीसामु बयान दिएकी छिन् । हत्यासम्म त सामान्य सकिए पनि मासु नै पकाएर खुवाउनुलार्इ उनले ‘आफ्नो पागलपन’काे संज्ञा दिँदै अाराेप स्वीकार गरेकी छन् ।

हत्या गरिएका व्यक्तिका शरीरका अंगहरूबाट परिकार तयार गरेर आसपासमा काम गरिराखेका पाकिस्तानी कामदारहरूलाई खुवाएको प्रहरी अधिकारीहरुले जनाएका छन् । प्रहरीका अनुसार उनकाे हत्या के कसरी भयाे भन्ने खुल्न सकेकाे छैन तर शरीरका अंगहरु पकाएर भात र मासुको मिश्रित परम्परागत परिकार तयार गरेकी थिइन्, ती महिलाले ।

उमेरले ३० वर्ष हाराहारी पुगेकी ती  महिलाकाे मानसिक अवस्था जाँचका साथै  थप अनुसन्धान भइरहेकाे छ । अाराेप पुष्टि भएमा उनले सजायकाे भागीदार हुनुपर्नेछ ।

Post a Comment

0 Comments