एएनपी मिडिया हाउसले आयोजना गरेको राष्ट्रिय नाचघर जमलमा सम्पन्न लिटल आइकन २०१८ सिजन–७ को बिजेता बन्न सफल भएकी छिन काठमाडौँ बानियाटर निबासी १० वर्षीय सेरियन बेगम ।
उनले बिजेताको ताजसंगै मस्ट पपुलर तथा मस्ट याक्टिभको समेत टाईटल जित्न सफल भएकी थिइन् ।
निर्णायक मण्डलीको अन्तिम प्रश्नलाई उत्कृष्ट ढंगले उत्तर दिँदै तथा मनमोहक प्रस्तुतिको साथमा उनले उक्त बिजेताको ताज पहिरहन सफल भएकी थिइन् ।

लालीगुराँस नेस्नल एकेडेमीमा ४ कक्षामा अध्यनरत छात्र सेरियन बेगम बिद्यालयमा समेत राम्रो बिद्यार्थीको रुपमा चिनिएकी छिन । तेज दिमाग भएकी सेरियन बेगम पढाइसँगै अन्य आन्तरिक क्रियाकलापमा समेत उत्तिकै उत्कृष्ट रहेको उनका समाजसेवी बाबा समिर खानले बताए । काठमाडौँको टोखा नगरपालिका बानियाटरको स्थायी बासिन्दा लिटल आइकन सेरियन बेगम भविष्यमा चर्चित मोडल नायिका तथा समाजसेवी बन्ने चाहना लिएकी छिन ।

छोरी सेरियन बेगमले लिटल आइकन २०१८ सिजन–७ बाट विजेताको उपाधि हात पार्दा घर परिवार तथा समाजमा खुशियाली छाएको समाजसेवी तथा उनका बाबा समिर खानले बताए ।

0 Comments