मिस वर्ल्डको प्रतिस्पर्धामा श्रृंखलाको दमदार जवाफ [भिडियाेसहित]



काठमाडौं, मंसिर ९। ‘मिस नेपाल–२०१८’ को उपाधि जितीसकेकी श्रृखंला खतिवडा ‘मिस वर्ल्ड–२०१८’मा सेमी फाइनलमा प्रवेश गरी सकेकी छन् । अहिले सामाजिक सञ्जालमा उनको चर्चा उत्कर्षमा छ ।

‘मिस वर्ल्ड–२०१८’ को फाइनल यही मंसिर २२ गते अर्थात डिसेम्बर ८ चीनको सान्या सहरमा हुँदैछ । मिस वर्ल्ड–२०१८ को विभिन्न चरणका प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएकी मिस नेपाल–२०१८ शृंखला खतिवडा अघिल्लो चरणमा पुगेकी छन्।


एक सय २१ देशका सुन्दरी सहभागी प्रतियोगितामा शृंखला उत्कृष्ट ३० मा छनोट भएकी शृङ्खला सेमिफाइनलमा पुगेकी हुन् ।

केही दिन अघि ‘मिस वर्ल्ड–२०१८’ को स्टेजमा एउटा प्रश्न सोधिएको थियो ‘नेपालमा सबैभन्दा ठूलो समस्या के हो र त्यसको समाधान तपाईँ कसरी गर्नुहुन्छ ?’ यही प्रश्नमा शृङ्खलाले आत्मविश्वासका साथ उत्तर दिएकी छन् ।

Post a Comment

0 Comments