निर्मलाको हत्यारा पत्ता नलाग्नुमा गृहमन्त्रीको हात छः गगन थापा


निर्मलाको हत्यारा पत्ता नलाग्नुमा गृहमन्त्रीको हात छः गगन थापा
काठमाडाैं । नेपाली कांग्रेका नेता गगन थापाले गृहमन्त्री रामबहादुर थापा 'बादल'को राजीनामाको विकल्प नभएको जनाएका छन् ।

आज महेन्द्रनगरमा कार्यकर्ता भेटघाटको क्रममा नेता थापाले भने, निर्मलाको हत्यारा गृहमन्त्रीले राजीनामा नदिएसम्म पत्ता लाग्दैन् । उहाँ निर्मलाको न्यायका निम्ति बादल मडारिए झै कालो बादलको रुपमा उभिनु भएको छ ।

‘म संसदमा बोलेको सम्झन्छु, मैले गृहमन्त्री बादलको क्षमतामाथि बादल लागेको भनेको थिएँ’ उनले भने, ‘एक/डेढ महिनायता भइरहेका एकपछि अर्को घटनामा गृहमन्त्रीले राख्दै गरेको कुराहरु सुन्दै गर्दा गृहमन्त्री बादलको क्षमतामाथि मात्र होइन, निर्मला जस्ता सयौं निर्मलाका बुवाआमाहरुमाथि गृहमन्त्री बादल कालो बादलका रुपमा मडारिनुभएको छ ।’

‘यो कालो बादल नहटुन्जेलसम्म पानी पर्नेवाला छैन । पानी नपरेसम्म समाजका फोहोरहरु सफा हुदैनन्’ थापाले थपे ।

निर्मलाका आमाबुबालाई भेट्न धर्नास्थल पुगेका थापाले उनीहरुको सन्देश प्रधानमन्त्री र पार्टी सभापति समक्ष लग्ने वाचा समेत गरेका छन् ।

Post a Comment

0 Comments