देख्नसाथ भगवान् कृष्णको दर्शन स्वरुप एक लाइक गरौं, तपाईको आजको दिन फलदायी हुनेछ, आजको राशिफल

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
परिस्थितिअनुसार चल्न नसक्ता अलि दु:ख पाइनेछ। हडबड गर्ने बानीले समस्या निम्त्याउन सक्छ। बेसुरमा दिइएको वचनले अप्ठ्यारोमा परिनेछ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा पछि परिनेछ। प्रतिस्पर्धीलाई कमजोर नठान्नुहोला। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू मौकाको प्रतीक्षामा रहने हुँदा सजग रहनुहोला।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ। परिबन्धले समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला। आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
परिवेश उल्लासमय रहे पनि मनको डरले भने सताउनेछ। ठूला व्यक्तिहरूसँग मतभेद रहनेछ। तापनि बाहिर आलोचना गर्नेहरूले व्यवहारमा अवसर प्रदान गर्नेछन्।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
बेसुरमा धन खर्च गर्नाले सञ्चित रकम सकिनेछ। अर्थअभावले सताउन सक्छ। अवसरका लागि दौडधुप गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम बन्नेछ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
अवसर प्राप्त भए पनि पहिलेको हरहिसाब नमिल्नाले समस्या पर्ला। ठूलो भागको मोहले समस्या निम्त्याउन सक्छ। बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
काममा चुनौती देखिए पनि स्थितिलाई सहज बनाउन सकिनेछ। मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
खानपानको असावधानीले स्वास्थ्यलाई हानि गर्न सक्छ। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। आम्दानी रोकिनाले केही योजना स्थगन हुन सक्छन्।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
समय मनोरञ्जनपूर्ण देखिए पनि व्यस्तता बढ्नेछ र शरीरमा कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिने हुँदा बोली–व्यवहारमा सजग रहनुहोला।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
परिस्थितिवश सानोतिनो समस्याले अल्झाउनेछ। चुनौतीपूर्ण कामको दायित्व लिनाले दु:ख पाइनेछ। सम्भावना देखिए पनि उपलब्धि हातपार्न निकै मिहिनेत पर्नेछ। तर मिहिनेतीहरूका लागि भने समय उत्साहजनक नै रहनेछ।
http://saharapati.com/wp-content/uploads/2018/11/

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्नेछ। बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धा गर्नुपर्ला। काम र समयको तालमेल नमिल्न सक्छ।

Post a Comment

0 Comments