३० कात्तिक, काठमाडौं । संयुक्त राष्ट्र संघकी नायव महासचिव अमिना जे महोम्मदले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेकी छन् । राष्ट्रपति भवन निवास शीतल निवास पुगेर नायव महासचिव अमिनाले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेकी हुन् ।
भेटका क्रममा राष्ट्रसंघको सहयोगमा नेपालमा सञ्चालन भइरहेका कार्यक्रमहरु र नेपाल र संयुक्त राष्ट्र संघबीच आपसी सहयोग वृद्धि गर्ने लगायतका विषयमा छलफल भएको थियो ।
शिष्टाचार भेटमा राष्ट्रपतिको कार्यालयका उच्च पदस्थ पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।
नायव महासचिव अमिनाले शुक्रबार नै जंगी अड्डा पुगेर प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि शिष्टाचार भेट गरेकी थिइन् ।
from Online Khabar https://ift.tt/2BaX8u0

0 Comments