कृत्रिम सूर्य बनाउँदै चीन, १० करोड डिग्रीसम्म तापक्रम हुने




एजेन्सी । विज्ञान तथा प्रविधिको क्षेत्रमा क्रान्ति हासिल गर्ने होडमा चीनले कृत्रिम सूर्य बनाउने तयारी गरेकाे छ । केही समय अगाडि मात्र आफ्नै ‘कृत्रिम चन्द्रमा’ बनाउने घोषणा गरेको चीनले कृत्रिम सूर्य निमार्ण भइरहेकाे जनाएकाे छ ।

चिनियाँ एकेडेमी अफ साइन्सेजसँग सम्बद्ध इन्स्टिच्युट अफ प्लाज्मा फिजिक्सले, ‘इस्ट’ नामक ‘कृत्रिम सूर्य’ निर्माणमा भइरहेको जनाएको छ । यसलाई खास सूर्य जस्तै आकारमा डिजाइन गरिँदैछ । कृत्रिम सूर्यकाे परीक्षाण भइरहेकाे समेत चीनको एकेडमी अफ साइन्ससँग आवद्ध इन्स्टिच्युट अफ प्लाज फिजिक्सले जनाएकाे छ । यसलाई एक्सपेरिमेन्टल एडभान्स्ड सुपरकन्डक्टिङ्ग टोकामक (इस्ट) नाम दिइएको छ ।

अहिलेको समयमा विश्वमा न्युक्लियर फिजन (परमाणु संलयन) मार्फत् ऊर्जा पैदा गरिँदैछ । तर यो नयाँ प्रविधिबाट पैदा हुने आणविक फोहोर भने मानिसका लागि निकै खतरनाक मानिएको छ ।  तरपनि यो सूर्य कुनै शहरलाई प्रकाश दिनका लागि नभएर सफा ऊर्जा उत्पादन गर्नमा मद्दत गर्ने बनाइएकाे  बताइएको छ । वास्तवमा यसले चीन, रुस, अमेरिका लगायत ३५ देशहरुको संयुक्त ग्लोबल रिसर्च कार्यक्रम ‘इन्टरनेस्नल थर्मोन्युक्लियर एक्सपेरिमेन्टल रियाक्टर’ मा ठूलो सहायता पुर्याउने अपेक्षा गरिएको छ ।


समाचार अनुसार इस्टलाई एक मेसिनमार्फत तयार गरिनेछ । यस मेसिनको आकार बीचमा खाली गोलो बाकस जस्तै हुन्छ । यसमा न्यूक्लियर फ्युजन (परमाणुको विखण्डन) मार्फत तातो पैदा गर्न सकिनेछ । तर यसलाई एक दिनका लागि चालू गर्दा १५ हजार डलर खर्च हुनेछ । अहिले यो मेसिनलाई चीनको अन्हुई प्रान्तस्थित साइन्स द्वीपमा राखिएको छ ।

चिनियाँ वैज्ञानिकहरुले स्वतन्त्र रुपमा आफैँले डिजाइन गरेको यस कृत्रिम सूर्य अर्थात न्युक्लियर रियाक्टरमा १० करोड डिग्रीसम्मको तापक्रममा काम गर्न सक्ने क्षमता विकास गरिएको चिनियाँ राष्ट्रिय संचारमध्यमले जनाएकाे छ ।
A moon, which replaces the globe in a light globe, hangs over Chengdu's cityscape.

केहि समय अगाडि मात्र चीनले  कृत्रिम चन्द्रमा बनाउने घाेषणा गरेकाे थियाे । चीनको एक कम्पनीले सन् २०२० सम्ममा सडकका बत्तिलाई विस्थापित गर्दै राती आकाश उज्यालो बनाउने गरिको फेक मुन अर्थात् ‘कृत्रिम चन्द्रमा’ बनाउने घोषणा गरेको थियाे ।

Post a Comment

0 Comments