विश्वकै धुरन्धर बलरहरुलार्इ पछार्दै सन्दीप बने सर्बाधिक विकेट लिने बलर

यूएर्इमा जारी टी- १० लिगमा केराला किंग्सबाट खेलिरहेका नेपाली लेग स्पिनर सन्दीप लामिछाने सर्बाधिक विकेट लिने बलर बनेका छन्।

सिध्दिंजका प्रविन ताम्बेसँगै समान ६ विकेट लिदैँ सन्दीप सर्बाधिक विकेट लिने बलर बनेका हुन्। सन्दीपले जारी तेस्रो खेलमा दुर्इ विकेट लिदैँ ताम्बेसँग बराबरी गरेका हुन्। अौषतका अाधारमा भने ताम्बे पहिलो स्थानमा छन्। यद्दपी ताम्बेले २ खेलमात्रै खेलेका छन्।
केरालाको टोलीमा भने सन्दीप सर्बाधिक विकेट लिने बलर हुन्। सन्दीप ६ विकेटसहित टोलीको शीर्ष स्थानमा हुँदा दोस्रो स्थानमा रहेका उनका सहकर्मी फावियन अलिन(वेस्ट इण्डिज) ले २ विकेट मात्रै लिन सकेका छन्।
केरालाले तीन खेलमा ९ विकेट लिदा सन्दीप एक्लैले ६ विकेट लिएका हुन्। सन्दीपले प्रतियोगितामा अाफ्नो ६ अोभरमा ५४ रन खर्चेका छन्। टी-१० मा एक खेलाडीले एक खेलमा २ अोभरमात्रै बलिङ गर्न पाउने प्रावधान छ।
जारी राजपुतविरुद्धको खेलमा सन्दीपले अाफ्ना दुर्इ अोभरमा दुर्इ विकेट लिएका थिए। पहिलो अोभरमा राजपुतका कीर्तिमानी मोहम्मद सेहजादको विकेट लिएका सन्दीपले अाफ्नो दोस्रो अोभरमा कार्लोस ब्राथवेटको विकेट लिएका हुन्। सन्दीपले दुबैलार्इ एक-एक रनमै पवेलियन फर्काएका थिए।
राजपुतविरुद्धको जारी खेलमा केराला किंग्सबाट पहिलो अोभर लिएर अाएका सन्दीपले पाँचौ बलमा शेहजादलार्इ एक रनमै क्याच अाउट गराएका थिए।
शेहजादले प्रतियोगिताको अाफ्नो पहिलो खेलमा सिंध्दिजविरुद्ध १६ बलमा ७४ रनको नटअाउट पारी खेल्दै कीर्तिमान रचेका थिए। जसमा अाठ छक्का र छ चौका सामेल थिए। १२ बलमा अर्धशतक प्रहार गर्दै उनले टी-टेन क्रिकेटमा सबैभन्दा छिटो कीर्तिमान प्रहार गर्ने कीर्तिमान रचेका थिए।
तर, विस्फोटक अफगानिस्तानका शेहजादलार्इ अाज भने सन्दीपले एक रनमै पवेलियन फर्काउँदै टोलीलार्इ सुरुवाती अग्रता दिलाएका छन्।
यस्तै खेलको सातौं अोभरमा अाफ्नो दोस्रो अोभर लिएर अाएका सन्दीपले तेस्रो बलमा ब्रेथवेटलार्इ किरण पोलार्डको हातबाट क्याच गराए। समग्रमा दुर्इ अोभरमा सन्दीपले २३ रन खर्चदै दुर्इ विकेट लिए।
पहिलो अोभरमा ६ रनमात्रै दिएका सन्दीपको दोस्रो अोभरमा राजपुतका खेलाडीले दुर्इ छक्का र एक चौकासहित १७ रन जोडेका थिए।

साविकको विजेता केराला किंग्स अंकतालिकामा समूह एको तेस्रो स्थानमा छ। दुर्इ खेल खेल्दा उसले एकमा हार र एकमा जित निकाल्दै २ अंक जोडेको छ। 

पहिलो खेलमा सन्दीपले तीन विकेट लिदैँ म्यान अफ द म्याच चुनिएका थिए। सन्दीपको म्यान अफ द म्याच प्रदर्शनपछि उनको टोली केराला किंग्सले पख्तुन्सलाई ८ विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको थियो । दुई ओभरमा सन्दीपले तीन विकेट लिएर १७ रनमात्रै खर्चेका थिए।

दोस्रो खेलमा भने केराला सिंण्डिज टोलीसँग ९ विकेटको पराजित भएको थियो। उक्त खेलमा केरालाका तर्फबाट विकेट लिने सन्दीप एकमात्रै खेलाडी थिए। समग्रमा दुर्इ अोभरको स्पेलमा सन्दीपले १४ रन खर्चेर १ विकेट लिए।
http://saharapati.com/wp-content/uploads/2018/11/
८ टोलीको सहभागिता रहेको जारी लिग १० ओभरको हुनेछ । क्रिकेटको छोटो स्वरूपको प्रतियोगिता खेल्न सन्दीप आइतबार युएई गएका थिए । प्रतियोगिताको लागि सन्दीपलाई केरलाले ३० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो ।

सन्दीपलार्इ २०१९ को सिजनका लागि इन्डियन प्रिमियर लिग टोली दिल्ली डेयरडेभिल्समा ‘रिटेन’ गरिसकेको छ। यस्तै सन्दीप टी टेन पछि अस्ट्रेलियाको बिगब्यास लिग खेल्नेछन् भने यसै साता उनलार्इ पाकिस्तान सुपर लिगका लागि लाहोर क्वलन्दरले अनुबन्ध गरिसकेको छ।

Post a Comment

0 Comments