पर्वत । रयालेडाँडा वडास्तरीय भलिबल प्रतियोगिताको उपाधी नमोबुद्ध युवा क्बले जितेको छ । कुश्मा नगरपालिका १४ आर्थर रयालेडाँडामा मंसिर १ देखि ३ सम्म भएको मेलाको भलिबल प्रतियोगिताको उपाधी नमोबुद्धले जितेको हो ।

विजयीसँगै क्लबले नगद ४० हजार हात पारेको छ । त्यस्तै द्धितिय स्थानमा चित्त बुझाएको आयोजक दियाली ब्रर्दश युथ कलवले ३० हजार नगद हात पारेको छ । मुनाल युवा क्लव गंगटेले तृतीय स्थान हासिल गर्दै १५ हजार हात पा¥यो ।

समापन कार्यक्रममा कुश्मा नगरपालिकाका उपमियर सीता काफ्ले लामिछानेले खेलकुद मानिसको शाररीक तथा मानसिक विकासको मेरुदण्ड भएकाले सवै स्थानीय तहहरुलाई यसको बिकासमा नगरपालिकाले सहयोग गर्न निर्देसन दिएको बताईन ।

आम जनताका समस्या नगरपालिकामा ल्याउन जनता र वडाप्रतिनिधि विच समन्वय हुन जरुरी रहेको बताउँदै विकास निमार्णका शिल्शिलामा राजनिती दम्भका कारण ठुलो भूल हुनेहुदाँ सवै सचेत रहन आग्रह गरिन् ।

Post a Comment

0 Comments