गर्भपतन बढावा दिएको आरोपमा ‘मेरी स्टोप्स’ बन्द

अफ्रिकी मूलुक केन्याले अन्तर्राष्ट्रिय स्वास्थ संस्था ‘मेरी स्टोप्स’लाई प्रतिबन्ध लगाएको छ।
NIC ASIA
गर्भपतनलाई प्रेरित गरेकोभन्दै केन्याले मेरी स्टोप्सलाई आफ्नो देशमा कुनैपनि किसिमको कार्य अगाडी नबढाउन निर्देशन दिएको हो।
गर्भपतनलाई केन्यामा अवैध मानिन्छ। आमाको जीवन खतरामा नभइन्जेल गर्भपतन नगर्ने कानुनले केन्यामा मान्यता पाएको छ।
मेरी स्टोप्सले गर्भपतनलाई प्रश्रय दिएको आरोपहरु आउन थालेपछि केन्याको अधिकारीहरुले अनुसन्धान गरेका थिए।
सो क्रममा मेरी स्टोप्सले गर्भपतन गराएका कैयौं घटनाहरु पाइएको थियो। मेरी स्टोप्स अन्तर्राष्ट्रिय जगतमा गर्भपतन र गर्भनिरोधक साधन प्रदानगर्ने विश्वकै ठूलो संस्था हो। एजेन्सी

Post a Comment

0 Comments