हस्तक्षेप बढाउन खोज्दा चीनलाई ठूलो झड्का, माल्दिभ्सले तोड्यो सम्बन्ध


हस्तक्षेप बढाउन खोज्दा चीनलाई ठूलो झड्का, माल्दिभ्सले तोड्यो सम्बन्ध

काठमाडौं । क्षेत्रीय स्तरमा प्रभाव बढाउने नाममा हस्तक्षेप बढाउन खोजेपछि चीनलाई झड्का लागेको छ ।
चीनले आफूलाई मात्रै फाइदा हुने गरी एकपक्षीय काम गर्न थालेपछि माल्दिभ्सले सम्बन्ध तोडेको छ । चीनसँगको स्वतन्त्र व्यापार सम्झौताबाट माल्दिभ्स बाहिरिने भएको छ ।

गठबन्धनको नेतृत्व गरेको माल्दिभियन डेमोक्रेटिक पार्टीका प्रमुख मोहम्मद नसिदले अत्यधिक व्यापारिक असन्तुलन रहेको अवस्थामा चीनसँग व्यापारिक सम्झौता गर्न नहुने भन्दै सम्झौताबाट बाहिरिने निर्णय गरेको हो ।

माल्दिभ्सबाट चीनले कुनै सामग्री खरिद नगर्ने भएकाले सम्झौता एकपक्षीय रहेको उनले बताए । गत डिसेम्बर महिनामा पूर्वराष्ट्रपति यामिनको चीन भ्रमणको क्रममा सम्झौता भएको थियो ।

माल्दिभ्सले सम्झौताबाट हात भिकिरहँदा चीनको माल्दिभ्समाथिको कूटनीति असफल भएको अन्तर्राष्ट्रिय विज्ञको भनाई छ । चीनले आकर्षक योजना देखाउँदै छिमेकी देशलाई प्रभावमा ल्याउने र आफूलाई मात्रै फाइदा पुग्ने काम गर्ने गरेको छर्लङ्ग हुन थालेको छ ।

चीनले नेपाल लगायत छिमेकी देशलाई पनि प्रभावमा राख्न कोसिस गरिरहेको छ । तर कम्युनिस्ट शासन रहेको चीनले देखाउने स्वार्थी व्यवहार हरेक छिमेकीले बुझ्दै गएपछि क्षेत्रीय स्तरमा चीन एक्लिँदै जाने देखिएको छ ।

Post a Comment

0 Comments