आमाको हत्यापछि बिचल्ली परेका ४ बालबालिकाको उद्दार

३० कात्तिक, गुल्मी । आमाको हत्या आरोपमा बुबा पक्राउ परेपछि विचल्लीमा परेका ४ जना बालवालिकाको उद्दार गरिएको छ ।

मदाने गाउँपालिका ६ पनाहा निवासी ३३ वर्षका दुर्गा नेपाली आफ्नै श्रीमती ३१ वर्षकी सीता नेपालीको हत्या आरोपमा पक्राउ परेपछि उनीहरुका ४ सन्तानको विचल्ली भएको थियो ।

बर्ष ११ का बिपिन नेपाली, बर्ष ८ कि बिपना नेपाली, बर्ष ५ का विकास नेपाली, बर्ष २ का बिक्की नेपालीलाई आमाको मृत्यु र बुवा प्रहरी हिरासतमा रहेकाले भक्तपुर सानोठिमीको एसओएस बालग्राममा लगिएको हो ।

चारैजनालाई एओएस बालग्राममा संरक्षण, लालनपालनसँगै पठन पाठन गर्ने गरी हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।

कात्तिक १५ गते दुर्गा नेपालीले कुटपीट गर्दा उनको पत्नीको मृत्यु भएको थियो । दुर्गा पक्राउ परेपछि चार बालबालिका स्थानीय प्रशासनको संरक्षणमा रहँदै आएका थिए ।



from Online Khabar https://ift.tt/2K9pQyr

Post a Comment

0 Comments