प्रिमियर लिग: प्रभावशाली बन्दै लिभरपुल, सिटीलाई झड्का (सबै जानकारी)


इंग्लीस प्रिमियर लिगमा लिभरपुल प्रभावशाली बन्दै गएको छ। बुधबार राति सम्पन्न खेलमा लिभरपुलले न्यूक्याश्चल यूनाइटेडमाथि ४–० को शानदार जित निकालेको हो।
यस जितसँगै लिभरपुल लिगमा ५१ अंक जोड्दै शीर्ष स्थानमै कायम रहन सफल भएको छ। बुधबार रातिकै खेलमा म्यानचेस्टर सिटीलाई भने झड्का लागेको छ।
सिटी लेस्टर सिटीसँग २–१ ले पराजित भयो। हारसँगै सिटी शीर्ष स्थानको लिभरपुलभन्दा ७ अंकले तल परेको छ। सिटी ४४ अंकसहित तेस्रो स्थानमा छ।
अन्य खेलहरुको परिणाम
प्रिमियर लिग अन्तर्गत बुधबार रातिनै भएका अन्य खेलमा म्यानचेस्टर यूनाइटेडले हडर्सफिल्ड टाउनमाथि ३–१ को जित निकाल्दा, टोटनह्यामले बर्नमाउथमाथि ५–० को शानदार जित हात पार्यो।
यस्तै चेल्सीले वाटफोर्डलाई २–१ ले पराजितगर्दा एभर्टनले बर्नलीलाई ५–१ ले पराजित गर्यो। आर्सनल र ब्राइटनले १–१ को बराबरी खेल्दा क्रिस्टल प्यालेस र कार्डिफसिटीले गोलरहित बराबरी खेलेका छन्।
लिगमा क्लबका स्थान
बुधबार रातिको खेलसँगै लिगमा ५१ अंक भएको लिभरपुल शीर्ष स्थानमा छ भने ४५ अंक भएको टोटनह्याम दोस्रो स्थानमा छ।
४४ अंक भएको म्यानचेस्टर सिटी तेस्रो स्थानमा छ भने ४० अंक भएको चेल्सी चौथौ स्थानमा छ। ३८ अंक भएको आर्सनल पाँचौ स्थानमा छ भने ३२ अंक भएको म्यानचेस्टर यूनाइटेड लिगको छैठौं स्थानमा छ।
सर्वाधिक गोलकर्ता
प्रिमियर लिगमा १३ गोलसहित आर्सनलका पियरी इमरिक उबामेयाङ सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छन्।
१२ गोलसहित लिभरपुलका मोहम्मद सलाह दोस्रो स्थानमा छन्भने समान १२ गोल भएको ह्यारी केन कम असिस्टका कारण तेस्रो स्थानमा छन्। चेल्सीका ह्याजार्ड १० गोलसहित चौथौ स्थानमा छन्।
Extra RSS content goes here...


Post a Comment

0 Comments