ईपीएलमा ललितपुरको पहिलो जित, चितवन ११ रनले पराजित


२३ मंसिर, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगितामा ललितपुर प्याटि्रएटसले पहिलो जित निकालेको छ ।
टियु क्रिकेट मैदानमा भएको खेलमा ललितपुरले चितवन टाइगर्सलाई ११ रनले पराजित गरेको हो । ललितपुरले दिएको १४४ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३२ रन मात्रै बनाएपछि ललितपुरले जित निकालेको हो ।
चितवनका लागि दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै ४१ रन बनाएपनि जित दिलाउन सकेनन् । त्यस्तै, चितवनका लागि कप्तान पृथु बास्कोटाले २६ रन बनाउँदा भिम सार्कीले उत्कृष्ट ब्याटिङ गर्दै ९ बलमा २१ रन बनाएका थिए । त्यस्तै, जर्ज स्कटले अविजित १८ रन बनाएका थिए ।
बलिङतर्फ सन्दीप लामिछानेले ३ विकेट लिए । ४ ओभर बलिङ गरेका सन्दीपले २६ रन खर्चेर तीन विकेट लिएका हुन् । त्यस्तै, सन्नी पटेलले २ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १४३ रन बनाएको थियो । ललितपुरका लागि सन्दीप जोराले उत्कृष्ट ब्याटिङ गरे । उनले ८ बलमा २५ रन बनाएका थिए । उनले अविजित २५ रन बनाउने क्रममा तीन छक्का र एक चौका प्रहार गरेका थिए । त्यस्तै, सोनु तामाङले पनि राम्रो प्रदर्शन गर्दै ललितपुरको इनिङ्स सम्हालेका थिए । उनले अविजित ३५ रन बनाएका थिए । २४ बलको सामना गरेका सोनुले तीन छक्का र एक चौका प्रहार गरेका थिए ।
त्यस्तै, ललितपुरका लागि गौरभ टोमरले ३०, जयकिसन कोल्सवालाले २० र सुन्नी पटेलले १९ रनको योगदान दिएका थिए ।
बलिङतर्फ चितवनका जर्ज स्कटले २ विकेट लिएका थिए ।
आजै हुने दोस्रो खेलमा भैरहवा ग्लाडिएटर्सले पोखरा राइनोजबीच केही बेरमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा विराटनगर, ललितपुरसँगै काठमाडौं किंग्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र भैरहवा ग्लाडिएटर्स रहेका छन् ।
Extra RSS content goes here...


Post a Comment

0 Comments