रिवाइन्ड २०१८ : मोड्रिच र एम्बाप्पेको वर्ष


एजेन्सी । विश्व खेलकुद जगत्मा सन् २०१८ अविस्मरणीय रह्यो । यही वर्ष फिफा विश्वकप फुटबलको महाकुम्भ परेकोले वर्षभर यसैको चर्चा बढी भयो ।
विश्वकपसँगै युरोपियन क्लब फुटबलको प्रतिस्पर्धा पनि रोचक बन्यो । घरेलु लिगदेखि च्याम्पियन्स लिग सम्मका खेलहरु प्रतिस्पर्धात्मक बने । रुसले विश्वकप आयोजनाको अधिकार पाएसँगै अमेरिकी र कतिपय युरोपियन राष्ट्र«को आलोचना खेपेको थियो ।
विशेषगरी सुरक्षा र प्राविधिक व्यवस्थापनको विषयलाई लिएर अमेरिकी र युरोपियनको खिसी टिउरी रुसमाथि थियो । तर रुसले उनीहरुको भ्रमलाई निस्जेत गरिदियो । रुसले इतिहासकै सभ्य र भव्य फिफा विश्वकप आयोजना गरेर संसारलाई चकित तुल्यायो ।

विश्वकपमा फ्रान्स च्याम्पियन बन्यो । विश्वकपको सर्वकालीन दाबेदार टोली ब्राजिल, अर्जेन्टिना, जर्मन लगायत टोलीले नराम्रो हार खेपे । बेलायतले सेमिफाइनल सम्मको यात्रा तय गर्दा आफूलाई राम्रो ठान्यो । तर साविक विजेता जर्मन समूह चरणबाटै घर फर्कन बाध्य भयो । आइसल्यान्ड र आयोजक रुसको प्रदर्शनले सन् २०१८ को विश्वकपलाई थप यादगर बनायो ।
एम्बापेको उदय
रुसमा जुन १४ देखि जुलाई १५ सम्म चलेको विश्वकपमा फ्रान्स च्याम्पियन बन्यो । फाइनलमा फ्रान्सले क्रोएसियालाई ४–२ गोलले हरायो । २० बर्षपछि दोस्रो पटक विश्वकप उपाधि उचालेको फ्रान्ससँगै युवा स्ट्र«ाईकर किलियान एमबाप्पे, पउल पोग्वा र एन्टोइन ग्रीजम्यानको प्रदर्शन बेजोड रह्यो ।

रुस विश्वकपले एमबाप्पेको फुटबल यात्रामा नयाँ आयाम थपिदियो । एम्बापेको गोल र प्रदर्शनलाई लिएर महान् खेलाडी पेलेसँग तुलना पनि गरियो । यद्यपि एम्बापे विश्वकप अघिनै चर्चामा थिए ।
तरपनि २० बर्षीय एमबाप्पेको उच्च प्रदर्शन र गोल फ्रान्सका लागि महत्वपूर्ण रह्यो । विश्वकपमा एमबाप्पे उत्कृष्ट युवा खेलाडी घोषित भए । एमबाप्पे जन्मदा सन् १९९८ मा पहिलो पटक विश्वकप उपाधि उचालेको फ्रान्स २० बर्षपछि फेरि अब्बल सावित भयो ।
च्यापियन्स लिगमा रियलको ह्याट्रिक
क्लब फुटबलमा पनि २०१८ ले उतार चढाव देख्यो । रियल म्याड्रि«ले च्याम्पियन्स लिग उपाधिमा ह्याट्रिकनै गर्यो । रियलको ह्याट्रिकमा प्रशिक्षक जिनेदिन जिदान र क्रिस्टियानो रोनाल्डो महत्वपूर्ण रहे ।

संयोगवस यही वर्ष जिदान र रोनाल्डो दुवैले रियललाई बाईबाई गरिदिए । जीवनको महत्वपूर्ण क्षण नौवर्ष रियलमा बिताएका ३३ बर्षीय रोनाल्डोले इटालियन क्लब युभेन्ट्स रोजे ।
जिदान भने अहिले नयाँ क्लबको खोजीमा छन् । स्पेनमा बार्सिलोनाका स्टार लियोनल मेस्सी र रियलका रोनाल्डोले ट्याक्स छलिरहेको घटनालाई लिएर अदालतले गरेका निर्णयले पनि निकै चर्चा बटुल्यो ।
वेंगरको विदाई र मोउरिन्होको बर्खास्ती
क्लब फुटबलमा राम्रो प्रशिक्षकको भूमिका निभाउँदै आएका आर्सनलका प्रशिक्षक आर्सने वेंगरले क्लब छाडेको घटनाले इङ्लिस फुटबल ततायो । २२ वर्ष आर्सनलमा बिताएका वेंगरले २०१८ मा आर्सनलबाट बिदाई लिएका थिए ।

आर्सनलको हरेक सफलतामा साक्षी बन्दै आएका वंगरले आफै बिदा लिने निर्णय गरेका थिए । यसैगरी अर्को इङ्लिस टोली म्यानचेस्टर युनाइटेडका चर्चित प्रशिक्षक जोसे मोउरिन्होले भने बर्खास्ती नै सहनु पर्यो ।
क्लबले खराब नतिजा निकालेकको भन्दै वर्षको अन्तिममा म्यानचेस्टर युनाइटेडले माउेरिन्होलाई बर्खास्ती गर्यो । यस घटनाले पनि फुटबल जगतलाई थप तरंगित बनायो ।
लुका मोड्रिचको वर्ष
विश्व फुटबलका प्रभावशाली खेलाडी क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै सन् २०१८ को ब्यालोन डी’ ओर अवार्ड क्रोएसियाका कप्तान एवं स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रीचले जिते । ३३ वर्षीय मोड्रीचले यसअघि अवार्डमा अधिपत्य जमाउँदै आएका क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीको एकाधिकार तोड्न पनि सफल भए ।

पछिल्लो पटक मेस्सी र रोनाल्डोले सर्वाधिक पाँच–पाँच पटक यस उपाधि जितेका थिए । क्रोएसियालाई रुस विश्वकपको फाइनलसम्म पुर्याउन मोड्रिचको भूमिका निकै ठूलो थियो । वर्षका सबै खाले ठूला उपाधि हात पारेका मोड्रिचले सन् २०१८ को अक्टोबरमा फिफाद्वारा प्रदान गरिने फिफा वर्ष खेलाडी अवार्ड पनि जिते ।
मोड्रिचले यसबर्ष युरोपियन फुटबल महासंघ (युइएफए) ले प्रदान गर्दै आएको युइएफए पुरुष वर्ष खेलाडी अवार्ड, रुस विश्वकपको बेष्ट प्लेयर अर्वाड, मिडफिल्डर अप दी इयर अवार्ड र ‘गोल ५०’ को अवार्ड समेत कुम्लयाए ।
सेरेना र टाइगरको पुनरागमन
विश्व टेनिस र गल्फका सर्वकालीन खेलाडी सेरेना विलियम्स र टाईगर उड्सका लागि सन् २०१८ अविस्मरणीय रह्यो । पूर्व विश्वनम्बर एक बरियताकी ३७ बर्षीया सेरेना छोरी जन्मिएका कारण झण्डै दुई वर्ष मैदान बाहिर थिइन् । गर्भवतीसँगै छोरी एलेक्सिस ओलम्पियालाई जन्मदिएकी सेरेनाले फेरी र्याकेट समाउनेमा धेरैलाई विश्वास थिएन । सेरेनाको बढ्दो उमेरलाई लिएर पनि सबैको अड्कल बाजी ठीकै थियो । तर, सर्वाधिक २३ पटक ग्रान्ड्सलाम टेनिस उपाधि जितेकी उनै सेरेना गत जनवरीदेखि मैदानमा फर्किएर सबैलाई चतिक पारिन् ।

सेरेना कोर्टमा फर्किएसँगै युएस ओपनमा उनी सर्वाधिक आलोचित पनि भइन् । आचारसंहिता उल्लंघन गरेको आरोपमा उनलाई १७ हजार डलर जरिवाना समेत गरियो । कोर्टमा जापानकी नोओमी ओसाकासँग खेल्ने क्रममा सेरेनाले रेफ्रीलाई चोर भनेकी थिइन् । रेफ्रीले पहिला अपशब्द प्रयोग गरेबापत सेरेनालाई पेनाल्टी लगाएका थिए । त्यसपछि कोर्टमै र्याकेट भाँचेकी सेरेनाले आफूमाथी ‘रंगभेद’ भएको बताउँदै आएकी छन् । सेरेना अहिले बरियतामा १६औँ स्थानमा छिन् । उनी सन् २०१९ मा राम्रो खेल्दै बरियतामा सुधार गर्ने दावी गरिरहेकी छन् ।
यसैगरी विश्व गल्फका बादशाह टाइगर उड्सका लागि पनि २०१८ अविश्मरणीय रह्यो । पटकपटक ढाडको शल्यक्रिया गर्नु परेका कारण उड्स सन् २०१५ देखि गल्फ कोर्सबाहिर थिए । उनी यसैबर्ष फेरि मैदानमा फर्किए । ४२ बर्षीय उड्स मैदानमा फर्किएका मात्र होइन । दुई वटा पीजीए टुरको त फाइनलमै पुगे ।
क्रिकेटर इमरानको राजनीतिमा छलाङ
मैदानमा अब्बल खेलाडी राजनीतिमा पनि सफल हुन्छ भन्ने उदाहरण सन् २०१८ मा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सावित गरेका छन् । पाकिस्तान टोलीका पूर्व खेलाडी इमरान एकाएक पाकिस्तानको नयाँ प्रधानमन्त्री बनेपछि विश्वभर तरंग पैदा भयो ।

सन् १९९२ मा पाकिस्तानलाई विश्वकप क्रिकेटको उपाधि जिताउँदाका उनै नायक राजनीतिको उपल्लो तह प्रधानमन्त्रीमा निर्वाचित भए । विशेषगरी भारतको विरोधसँगै इमरान प्रधानमन्त्री बन्न नसक्ने हल्लालाई चिर्न उनी सफल भए ।
पाकिस्तानको ७१ वर्षे इतिहासमा एउटा खेलाडी प्रधानमन्त्री बनेको क्षणलाई संसारले चासोका साथ हेर्यो । सादगी स्वभावमा इमरान अहिले पाकिस्तानको विकास र आमूल परिवर्तनमा लागि परेका छन् ।
अष्ट्रेलियालाई बल टेम्परिङको पीडा
भलाद्मीको खेल भनेर चिनिएको क्रिकेटमा अष्ट्रेलियालाई नराम्रो धक्का लाग्यो । २०१८ टोलीका खेलाडीले बल टेम्पिरिङ गरेको घटनाले बर्षभर अष्ट्रेलियालाई पिरल्यो । अष्ट्रेलियाका कप्तान स्टेभ स्मिथ, उपकप्तान डेभिड वार्नर ओपनर ब्याट्म्यान क्यामरोन बेनक्रफ्ट प्रतिबन्धमा परे ।

दक्षिण अफ्रिकाबिरुद्धको तेस्रो टेस्टका क्रममा चर्चित खेलाडी बल टेम्परिङमा समावेश भएपछि प्रशिक्षक डारेन लेहमेनले पदबाट राजीनामा नै दिए । यस घटनाले अष्ट्रेलियाको क्रिकेटलाई थप लज्जित बनायो ।
Extra RSS content goes here...


Post a Comment

0 Comments