अफ्रिकन फुटबलर अफ दी इयरको अवार्ड दोस्रोपटक पनि सलाहको पोल्टामा


२९ मंसिर, काठमाडौं । इजिप्ट र लिभरपुलका फरवार्ड मोहम्मद सलाहले दोस्रोपटक अफ्रिकन फुटबलर अफ दी इयरको अवार्ड जितेका छन् ।
बेलायती सञ्चार संस्था बीबीसीले हरेक वर्ष प्रदान गर्ने अफ्रिकन फुटबलर अफ दी इयर अवार्डका लागि पाँच जनाको नाम अन्तिम सूचीमा राखेको थियो । दौडमा मेधी बेनाटिया, कलिदो कुलिबली, साडियो म्यान र थोमस पार्टी थिए । तर, २६ वर्षीय सलाहले यी सबैभन्दा बढी भोट ल्याएर दोस्रोपटक पनि अवार्ड आफ्नो पोल्टामा पारेका छन् ।
प्रिमियर लिगको वर्ष खेलाडी सलाहले लिभरपुलको अन्तिम सिजनमा भएका ५२ खेलमा ४४ गोल गरेका थिए ।
सलाहले बीबीसी अफ्रिकन खेलाडीका रुपमा पुनः छनोट हुँदा खुसी लागेको प्रतिक्रिया दिएका छन् । उनले अर्को वर्ष पनि यो उपाधि जित्ने बताएका छन् । ‘पुनः यो उपाधि जित्दा म खुसी भएको छु । र, अर्को वर्ष पनि यो मैले नै जित्ने छु’, उनले प्रशन्नता व्यक्त गर्दै भनेका छन् ।

Extra RSS content goes here...


Post a Comment

0 Comments