द भ्वाइस अफ नेपालको फिनाले कतारमा हुने


दोहा,।नेपालकै चर्चित रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’को पहिलो संस्करणको ग्रान्ड फाइनल कतारमा हुने भएको छ ।
एनआरएनए आईसिसिका मध्यपुर्व क्षेत्रीय उप–संयोजक प्रविण गुरुङ, सदस्य मनोज श्रेष्ठ गोर्खाली र दिल्लिकला थपलियाको संयुक्त आयोजनामा कान्तिपुर टेलिभिजन बाट प्रसारण भइरहेको गायन रियालिटी सोको यहि डिसेम्बर १४ शुक्रबारका दिन ग्रान्ड फाइनल कतारमा हुन लागेको आयोजकले जानकारी दिएका छन्।
कार्यक्रमका बारेमा जानकारी दिन बिहिवार राती आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै आयोजक ग्रिन ग्रास याक एण्ड यति कन्ट्राक्टिङ कतारका सञ्चालक प्रविन गुरूङले सनैया स्थित एसियन टाउन एम्फिथिएटरमा हुने कार्यक्रमलाई सफल बनाउन सहयोग गर्न सबैलाई आग्रह गरे ।
गुरुङले कार्यक्रमबाट भरतपुर महानगरपालिका वार्ड नम्बर १८ शान्ति बस्तीमा रहेका ३ सय भन्दा बढी लालपुर्जा बिहिन घर परिवारलाई आर्थिक सहयोग गर्ने उद्धेश्य रहेको समेत बताए ।
सो अवसरमा बोल्दै आयोजक मनोज गोर्खालीले नेपालीहरुको लोकप्रिय रियालिटी सो कतारमा हुनु सबै नेपालीको लागि गर्वको कुरा रहेको भन्दै कार्यक्रमलाई सफल बनाउन सहयोग गर्न नेपाली समुदायलाई आग्रह गरे ।
गोर्खालीले कार्यक्रमलाई ब्यबस्थीत बनाउन आयोजकले सम्पूर्ण कोशिस गरिरहेको भन्दै दर्शकको सुबिधाको लागि कतारमा रहेका नेपाली रेष्टुरेन्ट, कार्यक्रम आयोजना स्थल ग्रान्ड मल, सफारी मार्केट तथा अन्लाईन मा ई–टिकटमा बाट समेत टिकट खरिद गर्न सकिने बताए ।
कार्यक्रममा ‘द भ्वाइस अफ नेपाल’ आयोजक समितीका सल्लाहकार एवं समाजसेवी सागर नेपालले कतारमा यस किसिमका कार्यक्रम आयोजना हुनु सबै नेपाली समुदायको लागि गर्वको कुरा रहेको भन्दै सहयोगका लागि आग्रह गरे ।
कार्यक्रममा एनआरएन आइसिसी मानार्थ सदस्य नरेन्द्र भाट, प्रवासी नेपाली मञ्चका अध्यक्ष चानक पोख्रेल, नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करिमबक्स मिया, समाज सेवा अभियान रुपन्देहीका अध्यक्ष डिल्लीराम भट्टराई लगाएतले कार्यक्रम सफलताको सुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको संचालन नारायण समाजसेवीले गरेका थिए ।
आयोजकका अनुसार ग्रान्ड फिनालेमा कोचहरु दिप श्रेष्ठ, प्रमोद खरेल, अभाया सुब्बा, सनुप पौडेल अन्तिम ८ मा पुग्ने प्रतियोगी तथा सबैको मन जित्न सफल सारङ्गी बाधकद्वय तिजिन्द्र गन्धर्व र वर्ता गन्धर्वको प्रस्तुति रहनेछ । पहिलो द भ्वाइस अफ नेपाल बिजेताले नगद २५ लाख, कार र २० लाख बराबरको एल्बम कन्ट्र्याक पाउने भएका छन ।
Extra RSS content goes here...


Post a Comment

0 Comments