देख्नसाथ लाइक गर्नुहोस् तपाईको भविष्यमा कुनै कष्ट आउनेछैन, नपत्याए भिडियो हेर्नुहोस्


मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ। ऋणमोचन हुने सम्भावना छ। तर रकम हातलागी भए पनि खर्च गर्नुपर्ला।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
समाजमा तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। कीर्तिमानी काम गर्ने समय छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
अवसर प्राप्त भए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। होसियारीसाथ काम लिँदा फाइदा हुनेछ। तर अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला। जिम्मेवारी बढे पनि काम बिग्रने भयले सताउनेछ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। तापनि तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
आँटले काम लिन नसक्दा पछि परिनेछ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। पहिलेका समस्या दोहोरिन सक्छन्।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
केही समय लागे पनि राम्रै उपलब्धि हातलागी हुनेछ। विभिन्न भौतिक साधन संग्रह गर्ने मौका छ। प्रतिद्वन्द्वीलाई पछि पार्न सकिनेछ। चिताएको काम पनि सजिलै पूरा हुनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
विचारले धेरैलाई आकर्षण गर्ने समय छ। बोलीको भरमा चिताएको काम सम्पादन हुनेछ। तारिफयोग्य कामले प्रशंसकहरू बढ्नेछन्। मिहिनेतले राम्रो उपलब्धि दिलाउनेछ। सानो प्रयत्नले फाइदा बढ्नेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। हिम्मतले काम बनाउन सकिनेछ। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। सानो प्रयत्नले ठूलो फाइदा हुनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ला। अरूको विश्वास गर्दा धोका हुन सक्छ। तापनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ।


Extra RSS content goes here...


Post a Comment

0 Comments