मिस वर्ल्डको उपाधि मेक्सिकोले जित्यो, श्रृंखलाले मन जितिन्


काठमाडौं,  चीनमा भएको मिस वर्ल्ड २०१८ को उपाधि मेक्सिकोले जितेको छ ।
अन्तिम ५ मा छानिएका थाइल्याण्ड, युगाण्डा, मेक्सिको, बेलारुस र जमैकामध्ये निर्णायक मण्डलको मन जित्दै मेक्सिकोकी सुन्दरी भेनेसा देलिओनले मिस वर्ल्ड २०१८ को ताज पहिरिएकी हुन् ।
१३ जना निर्णायकले अन्तिम ५ प्रतिस्पर्धीमध्येबाट भेनेसालार्इ उपाधि विजेता घोषणा गरेका थिए ।
युगाण्डाले मेक्सिको तथा थाइल्याण्डले सबैभन्दा बढी पब्लिक भोट पाएका थिए । थाइल्याण्डकी प्रतियोगी फर्स्ट रनर अप हुन सफल भइन् ।
नेपालकी श्रृङ्खला खतिवडा भने अन्तिम १२ सम्ममात्र पुग्न सफल भइन् । यस पटक भारत भने अन्तिम १२ मा पनि पर्न सकेन । उपाधि जित्न नसके पनि श्रखलाले संसारभरबाट लाखौं सर्थकको मन जितेकी छन् ।
Extra RSS content goes here...


Post a Comment

0 Comments