लेभान्टेको पोष्टमा बार्सिलोनाको गोल वर्षा, मेस्सीको ह्याट्रिक


२ पुस, काठमाडौं । लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा लेभान्टेमाथि गोलको वर्षा गरेको छ ।
आइतबार राति भएको खेलमा उसैको घरेलु मैदानमा लेभान्टेलाई बार्सिलोनाले ५–० गोलअन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा लियोनल मेस्सीले ह्याट्रिक गोल गरे । त्यस्तै, लुइस स्वारेज र जिरार्ड पिकेले समान १–१ गोल गरे ।
खेलको ३५औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यस्तै, खेलको ४३औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै बार्सिलोनालाई दोब्बर अग्रता दिलाएका थिए । खेलको ४७औं र ६०औं मिनेटमा मेस्सीले गोल गर्दै ह्याट्रिक गोल पूरा गरेका हुन् ।
खेलको ७६औं मिनेटमा लेभान्टेका इरिक काबकोले रर्ड कार्ड खादै मैदान छाडेपछि १० खेलाडीमा सीमित भएको थियो । खेलको ८८औं मिनेटमा पिकेले गोल गरेपछि बार्सिलोनाले खेल ५–० गोलले जितेको हो ।
त्यस्तै, आइतबार राति नै भएका अन्य खेलमा सेभिल्लाले गिरोनालाई २–० गोलअन्तरले पराजित गर्दा रियल बेटिसले स्पानियोललाई ३–१ गोलअन्तरले पराजित गरेको छ । त्यस्तै, भिल्लारियल र हुइस्का भने २–२ गोलको बराबरी खेलेका छन् ।
जितसँगै लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाको १६ खेलबाट ३४ अंक भएको छ । यता, लिगो दोस्रो स्थानमा रहेको सेभिल्लाको १६ खेलबाट ३१ अंक रहंदा लिगको तेस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको पनि समान खेलबाट ३१ अंक नै रहेको छ । रियल मड्रिड भने १६ खेलबाट २९ अंक बनाएर लिगको चौथो स्थानमा छ ।
Extra RSS content goes here...


Post a Comment

0 Comments