ह्वात्तै बढ्यो सुनको मूल्य, तोलामा कतिले बढ्यो ?

काठमाडौं, वैशाख १२ । साताको पाँचौं दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य चार सय रुपैयाँले बढेको छ ।

बुधबार छापावाला सुन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला ५९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, बुधबार तेजावी सुन ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर सुन प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै, बिहीबार बजारमा चाँदीको मूल्य पाँच रुपैयाँले बढेको छ ।

बुधबार चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर चाँदी ७२५ रुपैयाँमा कारोबार भइरहेको छ।

Extra RSS content goes here...



Post a Comment

0 Comments