आइपीएलको बिचमै नेपाल आए सन्दीप

काठमाडौं, वैशाख १२ । भारतमा भइरहेको इन्डियन प्रिमियर लिग (आइपीएल) खेलिरहेका नेपाली क्रिकेट टिमका महत्वपूर्ण सदस्य सन्दीप लामिछाने नेपाल आएका छन् । व्यक्तिगत कामका कारण आइपीएल चलिरहेकै बेला बुधबार उनी नेपाल आएका हुन् । बाँकि खेल खेल्न सन्दीप लगत्तै भारत फर्किने उनका म्यानेजर रमन सिवाकोटीले जानकारी दिए ।

दिल्ली क्यापिटल्सबाट आइपीएल खेलिरहेका सन्दीपले यो संस्करणको ५ खेलमा ८ विकेट लिइसकेका छन् । दिल्लीले १२औं खेल आउँदो सोमबार रोयल च्यालेन्जर्स बैंग्लोरविरुद्ध खेल्दै छ ।

Extra RSS content goes here...



Post a Comment

0 Comments