५० लाख दिए प्रधानमन्त्री ओलीको हत्या गरिदिन्छु भन्दै फेसबुकमा कमेन्ट गर्ने पक्राउ

प्रतिकात्मक तस्बिरः पक्राउ

प्रतिकात्मक तस्बिरः पक्राउ
सामाजिक सञ्जाल फेसबुकमा ५० लाख दिए प्रधानमन्त्रीको हत्या गर्छु भन्दै कमेन्ट गर्ने व्यक्ति पक्राउ परेका छन्।
NIC ASIA
सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्छु भन्ने कमेन्ट गर्ने लालबहादुर तामाङलाई सोमबार महानगरीय अपराध महाशाखाको टोलीले सोमबार बानेश्वरबाट पक्राउ गरेको हो।
सिन्धुपाल्चोक लिखासु गाउँपालिका–२ घर भइ हाल काठमाडौँ बसेबास गर्दैे आएका तामाङले नेपाली खबर अन्लाइनमा आएको ‘पचास करोड दिनुस् म मोदीलाई मारी दिन्छु’ भन्ने शीर्षकको समचारमा ५० लाख दिनुस् म केपी शर्मा ओलीलाई मारिदिन्छु भन्ने कमेन्ट गरेका थिए।
उनले सलिम योञ्जन तामाङभाइ नामक फेसबुक आईडीबाट सो कमेन्ट गरी जनमानसमा भ्रम तथा त्रास फैलाउने काम गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो।
पक्राउ परेका तामाङमाथि विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकुमा पठाइएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Post a Comment

0 Comments