प्रचण्डले सफेद झुट बोले, मार्ने कुनै योजना छैनस् प्रतिबन्धित नेकपा


काठमाडौँस् नेत्रविक्रम चन्द ुविप्लवु नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले कुनै व्यक्तिको हत्या गर्ने योजना नरहेको दाबी गरेको छ।

पार्टीको मुखपत्र रातो खबरको अनलाइन संस्करणले पार्टीलाई उदृत गर्दै प्रकाशित समाचार अनुसार पार्टीको कुनै व्यक्तिको हत्या गर्ने योजना नरहेको दाबी गरिएको छ।

ुएक कार्यक्रममा प्रचण्डले आफूलाई हत्या गर्ने योजना बनाई मान्छेसमेत खटाएको भनी सार्वजनिक रूपमा बोलेको कुरा भर्त्सनायोग्य र सफेद झूट भएको जनाइएको छ,ु समाचारमा भनिएको छ, ‘पछिल्लो क्रममा नेकपालाई दमन गर्ने षड्यन्त्रबमोजिम यस्ता तथ्यहीन, भ्रामक कुराहरू आइरहेका छन्। यो  कुरामा कत्ति पनि सत्यता रहेको छैन। जनता र राष्ट्रका पक्षमा सङ्घर्ष गर्दै आएको एउटा क्रान्तिकारी पार्टीलाई बदनाम गर्न अनावश्यक लाञ्छना लगाएर धमिलो पानीमा माछा मार्ने योजना यो सरकार र उसका आसेपासेले अफवाह फैलाएका हुन्।’
प्रचण्डले सफेद झुट बोले, मार्ने कुनै योजना छैन: प्रतिबन्धित नेकपा

उसले देशलाई युद्धमा धकेलेर जनतामा त्रास फैलाई  मार्ने देशीविदेशी प्रतिक्रियावादीको घिनलाग्दो खेल सुरु भएको दाबी गरेको छ।

‘बरु प्रचण्ड नै यसरी व्यक्ति हत्याका कुरा गर्दथे। अहिले देश र जनताप्रति गरेको गद्दारी र यो सरकारप्रति जनताको दिनानुदिनको आक्रोशलाई कम गरी लुटको स्वर्ग बचाइराख्न योजनाबद्ध यस्ता समाचारहरू बनाइएका छन्,’ समाचारमा अगाडि भनिएको छ, ‘केपी–बादल कम्पनीले जनताका पक्षमा सशक्त आवाज उठाइरहेको र जनतामा लोकप्रिय बन्दै गइरहेको एक राजनीतिक पार्टीमाथि सामाजिक फासिवादी तरिकाले प्रतिबन्ध घोषणा गर्नुका साथै देशैभरि अप्रेसन चलाएको छ। यो कम्पनीले युद्ध लाद्न खोजिरहेको छ। यसैको एउटा हथकण्डा हत्याको प्रचार हो।’

Post a Comment

0 Comments