आजदेखी विराट गुप्तेश्वर महायज्ञ शुरु, धर्मका नाममा हुने जातीय विभेदको अन्त्य गर्न जोड


पर्वत । पवत र हिमालय पर्वतकी छोरी माता पार्वतीको जन्मभूमिका रुपमा बिश्वास गरिएको पर्वत र तपस्या गरेको गुप्तेश्वर गुफालाई बिश्वभर चिनाउन बिराट गुप्तेश्वर कोटिहोम तथा तुलादान महायज्ञ आज बुधबारदेखि औपचारिक रुपमा शुरु भएको छ ।
जनकपुरलाई सिताको जन्मभूमि जस्तै पर्वतलाई पार्वतीको जन्मभूमिको रुपमा स्थापित गराउनका लागि यहि जेठ १ देखि ११ गते सम्म महायज्ञको आयोजना गरिएको हो । महायज्ञको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घटान गर्दै कुनैपनि प्रलोभन देखाएर धर्म परिर्वतन गर्न नपाइने बताउए ।
उनले ‘नेपालमा धार्मिक सहिष्णुता कायम रहेको बताउँदै धार्मिक सहिष्णुता भत्काउने गरि कसैले पनि जर्बजस्ती प्रलोभन देखाउँदै धर्म परिर्वतन गराउन नहुनेमा जोड दिए ।’
धर्मका नाममा बिभेद कायम रहेका कारण धेरै खालका समस्याहरु सृजना भएको उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले भने ‘‘धर्म र जातका नाममा हुने बिभेदको अन्त्य अहिलेको आवश्यकता हो ।’’
अध्यक्ष तिमिल्सिनाले बिश्वमै शालिग्राम पाइने एक मात्रै नदी कालीगण्डकी भएकाले यसको शिरदेखि तिरसम्म महत्वपुर्ण तीर्थस्थलहरु रहेको सम्झाउँदै कालीगण्डकी लोकमार्ग र करिडोरको निर्माणसंगै भारत र चीनका धर्मालम्बीहरुको ठुलो जमघट बढ्ने बिश्वास बढेको बताए ।
कार्यक्रममा बोल्दै प्रतिनिधि सभाका सदस्य पदम गिरीले नेपाल सम्बृद्धिको दिशामा अघि बढेको हुँदा धार्मिक र पर्यटकीय गन्तब्यहरुको बिकास गरेर अगाडी बढ्नुपर्ने बताए ।
गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बिकास लम्सालले गण्डकी प्रदेश सरकारले धार्मिक र अन्य पर्यटकीय गन्तब्यहरुको बिकास गर्ने बिशेष कार्यक्रम सञ्चालन गरिरहेको बताए ।
प्रमुखबाचक इश्वरकृष्ण भुर्तेलले पाङ्ग र गुप्तेश्वरलाई बिश्वकै धार्मिक पर्यटकीय गन्तब्यको रुपमा बिकास गर्न महायज्ञ कोशेढुंगा सावित हुने जिकिर गरे ।

Post a Comment

0 Comments