अन्य फलफूलको तुलनामा निकै लाभदायिक फल मेवा

अन्य फलफूलको तुलनामा निकै लाभदायिक फल मेवा

काठमाडौं । मेवा एक प्रकारको फल हो । यो गाउँघरमा सहजै फलाउन सकिने र बजारमा पाइने सस्तो फल होे । मेवामा क्याल्सियम, म्याग्नेसियम, पोटासियम, भिटामिन ए, कार्बोहाइड्रेट तथा फाइबर पर्याप्त मात्रामा पाइने हुनाले यो अन्य फलफूलको तुलनामा निकै लाभदायिक फल मानिन्छ ।
यो फल पेट तथा मुटु दुवैको लागि निकै लाभदायी हुन्छ । उच्च पोषण र न्युन क्यालोरी हुने भएकाले कब्जियत र अपच भएको बेला मेवाको सेवन गर्नाले राहत मिल्नुका साथ यसले मोटोपन घटाउनका लागि पनि एकदम मद्दत गर्छ । यसले छालाको जलन र संक्रमणबाट मुक्ति दिन्छ ।
टुक्रा पारिएको मेवाले छालाको घाउ र चोटपटक लागेको ठाउँमा लगाएमा निको पार्छ । मेवाले कपाल बढाउन र कपाललाई स्वास्थ्य राख्नमा समेत मद्दत गर्छ । यसको नियमित प्रयोगले हाम्रो शरीरको रोगहरुबाट छुटकारा गराएर क्यानसर हुनबाट समेत जोगाउँछ ।
यसले क्यान्सरको कोषको वृद्धिमा ढिला गराउँछ र कलेजोलाई बचाउँछ । मेवाले उक्त रक्तचापलाई नियन्त्रण गरेर मुटुको रोगीका लागि समेत उपयोगी हुनुका साथै अधिक मात्रामा फाइबर पाइने भएकाले यसले रगतको कोलस्टेरोल मात्रा घटाउँछ ।
यसमा भएको इन्जाइमले कोलस्टेरोलको अक्सिडाइजेसनबाट रोक्छ, जसबाट हृदयाघात हुने सम्भावना कम हुन्छ । उच्च रक्तचापका रोगीले दैनिक एउटा काँचो मेवा खानु लाभदायक मानिन्छ । मेवाको नियमित सेवनले महिलाको मासिक धर्मलाई पनि नियमित बनाउँछ ।
पाकेको मेवा अनुहारमा लगाउँदा समेत यसले छालालाई गोरो, चम्किलो बनाउनुका साथै दाग धब्बा हटाउन सहयोग गर्छ । फर्मेन्टेशन गरिएको मेवाको बोक्राले मरेका छालालाई पुनर्जीवन प्रदान गर्दै ताजा र चम्किलो राख्दछ ।

Post a Comment

0 Comments