जान्नुहोस्, पायल्सपछि कस्ता कुरामा दिने ध्यान?

काठमाडौं । पायल्स भएमा हरेक दिन शारीरिक व्यायाम गर्ने । नियमित रुपमा योग गर्ने, प्रशस्त पानी पिउने । हरियो सागपात काँचै खाने, दैनिक रुपमा फलफूल खाने । खानासँग मुला, काँक्रो र गाँजर खाने। नरिवल, अनार, स्याउजस्ता फलफूल अधिक मात्रामा खाने । पायल्स भएका विराममीले चिल्लो, पिरो, तथा मसला बढी भएको माछा मासु नखाने ।
पायल्स भएको पक्का भयो भने बासी खानेकुरा, कालो दाल, अदुवा, अमिलो, चना, आलु, पुरानो अचार, रेडिमेड खानेकुरा, चिया, कफी, चुरोट तथा रक्सीजस्ता चिज उपभोग नगर्ने । पायल्सका बिरामीले हप्तामा एकपटक आवश्यकताअनुसार पेट सफा गर्ने। खानेकुरा खाँदा एकदम कम र हल्का खाने। शरीरले पचाउने गरी मात्रै खानुपर्छ। यो जानकारी नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

Post a Comment

0 Comments