श्रेष्ठ दिदी–बहिनीले लगातार ४० घण्टा नृत्य गरेर ‘विश्व रेडर्क’ कायम गर्ने

काठमाडौं, जेठ ३ । चन्द्रागिरी नगरपालिका–६ स्थायी घर भएका रुबिसा श्रेष्ठ र एलिसा श्रेष्ठ (दिदिबहिनी) ले लगातार ४० घण्टा नृत्य गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउने घोषणा गरेका छन् । बिहीबार काठमाडौ‌ंमा पत्रकार सम्मेलन गर्दै ती दिदिबहिनीले यस्तो घोषणा गरेका हुन् । उनीहरुले यही जेठ ११ र १२ गते काठमाडौंको ठूलो भर्‍याङ स्वयम्भुस्थित क्वालिटी क्याफे एण्ड ब्याङ्केटमा उक्त नृत्य गर्ने भएका हुन् । रुबिसा हाल स्नातक तहमा अध्ययनरत छिन् भने एलिसा कक्षा १२ को परीक्षा दिएर बसेकी छन्।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य राजेन्द्रकुमार केसीले विश्व रेडर्क कायम गर्नको लागि श्रेष्ठ दिदिबहिनीलाई शुभकामना दिए। सांसद केसीले यो कार्यक्रमलाई सफल तुल्याउन आफ्नो तर्फबाट सबैखाले सहयोग रहने बताएका छन्।

Post a Comment

0 Comments