सरकारले फेरि लगायो सामाजिक सञ्जालमाथि प्रतिबन्ध


  • 8
    Shares
काठमाडौं, ३० वैशाख। श्रीलंका सरकारले सामाजिक सद्भाव खल्बलिने भन्दै फेरि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको छ।
अल्पसंख्यक मुस्लिम धर्मालम्बीका मस्जिद र उनीहरूका सम्पत्तिमाथि आक्रमण हुन थालेपछि सरकारले सोमबारदेखि फेसबुक ह्वाट्सएपलगायत सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको हो।
आइतबार क्रिश्चियनबहुल जनसंख्या भएको चिलाव सहरमा मस्जिदमाथि ढुंगामुढा र एक मुस्लिम धर्मालम्बीलाई कुटपिट भएपछि थप हिंसा भड्किन नदिन सरकार सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको हो।
वैशाख ८ गते सैयौंको ज्यान जाने गरी क्रिश्चियन धर्मालम्बीका चर्च र पाँच तारे होटलमा भएको हमलापछि पनि श्रीलंकाले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको थियो। अन्तर्राष्ट्रिय आतंकवादी समूह आइएसले जिम्मा लिएको सो घटनाबारे अहिले पनि त्रास कायम छ।
यही विषयमा भएको विवादमा फेसबुकमा व्यक्त विचारले हिंसालाई प्रोत्साहन गरेको सरकारको बुझाइ छ।फेसबुकमा सामाजिक सद्भाव भड्किने गरी पोस्ट गर्ने केहीलाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा राखेको छ।

Post a Comment

0 Comments