वार्ताले क्रान्तिका माग सम्बोधन गर्दैन : विप्लव

Netra-Bikram-ChandBiplav

    काठमाडौँ, ३० वैशाख। प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वार्ताले आफूहरुले उठाएका विषयको समाधान गरिहाल्छ भन्नेमा विश्वस्त हुन नसकिने बताएका छन्।
भूमिगत रहेका उनले पार्टी प्रतिबन्धपछि पहिलोपटक सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले वार्ताका लागि औपचारिक आग्रह नगरेको दावी गरेका छन्। उनले आफूहरु कहिल्यै पनि वार्ताको विरोधी नभएको र वार्ता परिणाममूखी हुनुपर्ने तर्क गरेका छन्।
‘वार्ताबाट न हामी तर्सिन्छौं, न वार्ताले क्रान्तिले उठाएका विषयलाई समाधान गरिहाल्छ भन्नेमा विश्वस्त छौं, ’उनले भने। एनसेलमाथि कारबाहीपछि सरकारले लगाएको पार्टी प्रतिबन्ध लगाएको उनको भनाइ छ।
राजनीतिक दलका शीर्ष नेताको हत्या योजना उनको पार्टीले बनाएको भन्ने सरकारको दाबीमाथि विप्लवले खण्डन गरे। ‘यति गम्भीर विषयलाई बजारको व्यापार गराइएको छ,’ उनले भने, ‘यो नै अनौठो लाग्छ। यो प्रष्ट कुरा हो कि राज्यले हाम्रा नेतालाई इन्काउन्टरसम्मको योजना बनाएर शक्ति सञ्चालन गरेको छ भन्ने सुन्नमा आएको छ।’ अन्नपूर्ण पोष्टमा खबर छ।

Post a Comment

0 Comments