जब ह्वेलले समुन्द्रमा खसेको आइफोन फर्कायो...(भिडियो)

यदी तपाइँ समुन्द्रमा डुंगा चढेर भ्रमण गरिरहनु भएको छ। त्यसबखत तपाइँको मोबाइल फोन समुन्द्रमा खसे के गर्नुहुन्छ?
NIC ASIA
सायद सबैले फोन फर्कदैन भनेर माया मार्छन्। तर नर्वेमा गत सोमाबर आश्चर्यको घटना घट्यो।
इना मानसिका साथीहरुसँग समुन्द्रमा डुंगा चढी भ्रमण गरिरहेकी थिइन्। उनको आइफोन समुन्द्रमा झर्यो। तर जब माया मारिसकेको फोन ह्वेलले फिर्ता गरिदियो। सबै चकित बने।
ह्वेलले मोबाइल फोन आफ्नो मुखमा च्यापेर ल्याएको भिडियो यतिबेला सार्वजनिक भएको छ।
(भिडियो) 
मानसिकाले डोडोसँग भिनिन्,‘मैले त्यस फोन अब फर्कदैँन भनेर सोचिसकेको थिए, तर ह्वेलले चामत्कारिक रुपमा फोन फर्कायो। म एकदम खुशी छु।’ उनले ह्वेल निकै मानवमैत्री र मायालु भएको बताइन्।
इन्स्टा, फेसबुकदेखि युट्युबसम्म यस भिडियो निकै भाइरल बनेको छ। उक्त ह्वेललको मानिसहरुले प्रशंसा गरिरहेका छन्।
यस भिडियो भाइरल बनेसँगै उक्त ह्वेलको चर्चा फेरिएकपटक सुरु भएको छ। नर्वे प्रहरीका अनुसार उक्त ह्वेल रुसको जासुसी ह्वेल हो।
बेलुगा प्रजातिको उक्त ह्वेल गत अप्रिलमा नर्वेको समुन्द्रमा देखिएको थियो। माझिहरुलेसमेत ह्वेलको भिडियो बनाएका थिए। उक्त ह्वेलमा बाँधिएका डोरीहरु यतिबेला खोलिएका छन्।
त्यसबेला ह्वेलले माझिहरुलाई मानवमैत्री व्यवहार देखाएको थियो। उक्त ह्वेल यतिबेला पनि सोही समुन्द्रमा छ। रुसी नौसेनाले यस ह्वेललाई निकै स्तरीय प्रशिक्षण गराएको आशंका छ। यद्यपी ह्वेलसँग यतिबेला कुनै जासुसी यन्त्र जोडिएको छैन। सबै खोलिएको छ। एजेन्सी

Post a Comment

0 Comments