राष्ट्रपतिले मेरो सरकार मात्रै होइन मेरो प्रधानमन्त्री भन्न पाउनुपर्छ (भिडियोसहित)

पर्वत । राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल, सुखि नेपाली बनाउनको लागि सबै एकजुट हुनुपर्ने बेला आएको बताउनुभएको छ ।
Image result for bidya devi bhandari

बागलुङ नगरपालिका–१२ अमलाचौरस्थित पृथ्वी हिरण्य माविको नवनिर्मित भवनको उद्घाटन गर्दै उहाँले शिक्षा र स्वास्थ्यबाट नै समृद्ध नेपाल निर्माणको अभियान शुरु हुने बताउनुभएको हो ।

शिक्षा र स्वास्थ्यमा सबैको पहुँच पुग्नु नै अहिलेको आवश्यकता रहेको बताउँदै राष्ट्रपति भण्डारीले अबको यात्रा सुखि नेपाली समृद्ध नेपाल भएको बताउनु भएको हो ।

नेपाल उघोग वाणिज्य महासंघका उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले पिता हिरण्यप्रसाद ढकालको स्मृतिमा ५ करोड २० लाख रुपैयाँ खर्चिएर विद्यालयको १४ कोठे भवन बनाउनु भएको हो । विद्यालयको पूर्ननिर्माणसँगै विद्यालयको नाम पृथ्वी हिरण्य मावि राखिएको छ ।

विद्यालयको भवन निर्माणको लागि भूपू विद्यार्थीहरुले करिब ५० लाख रुपैयाँ सहयोग गरेका छन् ।



Post a Comment

0 Comments