भूमध्य सागरमा डुंगा दुर्घटना हुँदा कम्तीमा ६५ को मृत्यु, १६ को सकुशल उद्धार

प्रवासीहरू चढेको डुंगा ट्युनिसियानजकि सागरमा दुर्घटना हुँदा कम्तीमा ६५ जनाको ज्यान गएको छ।
NIC ASIA
लिबियाबाट युरोप जाँदै गरेको डुंगा भूमध्यसागरमा दुर्घटना भएको हो। दुर्घटनाबाट १६ जनाको सकुशल उद्धार गरिएको बीबीसीले जनाएको छ।
उद्धार गरिएका यात्रुका अनुसार समुद्रमा उठेका ठूला छालका कारण डुंगा दुर्घटना भएको हो। माछा मार्ने डुङ्गा प्रयोग गरी १६ जनाको उद्धार गरिएको हो। उक्त डुंगा बिहीबार लिबियाबाट छुटेको बताइएको छ। 
यस वर्ष १७ हजार प्रवासी र शरणार्थी समुद्री माध्यमबाट युरोप प्रवेश गरेका थिए। गत वर्ष पनि ४ सय ४३ भन्दा बढी आप्रवासीको मृत्यु भएको थियो।
युएनएचसीआरको तथ्यांकअनुसार यसै वर्षको हालसम्म लिबियाबाट युरोपको बाटोमा पर्ने स्थानहरुमा डुंगा दुर्घटना हुँदा १ सय ६४ जनाको ज्यान गइसकेको छ।
यो पछिल्लो दुर्घटना सबैभन्दा धेरै मानवीय क्षति भएको घटना हो। 

Post a Comment

0 Comments