मोडेलहरुको बीचमा साँच्चैको क्याटको क्याट वाक (भिडियो)

क्याट वाकमा साँच्चैको क्याट
क्याट वाकमा साँच्चैको क्याट
फेसन कार्यक्रममा र्याम्प मोडेलहरुले क्याट वाक गर्नु स्वभाविक हो।
NIC ASIA
ती मोडेलहरु विभिन्न ब्रान्डका पहिरन लगाउँछन्। आकर्षक ढाँचामा हिँडेर त्यसको विज्ञापन गर्दछन्।
मोरोक्कोकाे एक फेसन कार्यक्रममा हालै विभिन्न मोडेलहरु क्याट वाक गरिरहँदा साँच्चैको क्याट र्याम्पमा प्रवेश गरेको भिडियो सार्वजनिक भएको छ।
जब क्याट अर्थात् बिरालो मोडलहरु हिँडिरहेको स्थानमा पुग्छ। बिरालोले सबैको ध्यान आफूतिर केन्द्रित गर्न सफल हुन्छ।
मानिसहरुले सामाजिक संजालमा यसलाई यतिबेला रमाइलो सामाग्रीका रुपमा रुचाइरहेका छन्।
केहिले यी बिरालो मोडलभन्दा व्यावसायिक क्याट वाक गर्दा रैछन् भनेर प्रतिक्रिया जनाएका छन्। एजेन्सी
(भिडियो)

    Post a Comment

    0 Comments